नेकपाभित्रको विवाद थप जटिल बन्दै
बुधबार, माघ १४, २०७७

अन्तर्राष्ट्रिय भन्सार दिवस
मंगलबार, माघ १३, २०७७
अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण...

खोपले ल्याएको खुसी
सोमबार, माघ १२, २०७७
कोरोना भाइरस विरुद्धको १० लाखको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएका ती खोप बिहीबार काठमाडौं झारिएसँगै नेपालीहरुमा खुसी छाएको छ । यसले सबै नागरिकमा ढिलोचाँडो खोप लगाउन पाइन्छ कि भन्ने आशासँगै खुसी छाएको छ ।

आज तानसेनमा बजाजको फ्रि सर्भिस क्याम्प हुँदै
आइतबार, माघ ११, २०७७
पाल्पाको तानसेनमा रहेको भैरव अटोमोटिभ्सले आजदेखि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेकोे छ । तानसेनका लागि बजाज मोटरसाईकलको एकमात्र आधिकारिक विक्रेता भैरव अटोमोटिभ्सले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनज गर्दै आइतबार र सोमबारका लागि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो ।

सहिद सप्ताह र यसको सार्थकता
आइतबार, माघ ११, २०७७
शनिबारदेखि सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइने गरिन्छ । सप्ताहको पहिलो दिन हिजो शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरी मनाइएको छ ।

खतरामुक्त छैन, लोकतन्त्र
शनिबार, माघ १०, २०७७
नेपालको भू–राजनैतिक तरलतासँगै शुक्रबार प्रचण्ड–नेपाल पक्षका तर्फबाट राजधानी काठमाडांैमा भएका प्रर्दशन र विरोध सभाले बालुवाटारको कञ्चड तातेको महशुस भएको छ । ओलीले नेकपाभित्र आफ्नो बाहेक अरुको चल्दैन भन्ने भ्रमपूर्ण अभिव्यक्ति दिइरहने प्रवृतिको केही हद्सम्म भण्डाफोर भएको अड्कल गर्न सकिन्छ ।

काँग्रेसका लागि भावी चुनौती
शुक्रबार, माघ ९, २०७७
एकाएक मुलुकको राजनैतिक चरित्र परिवर्तन हुँदै जाने संकेत अगाडि देखिएका छन् । संघीय संसद्को विघटन पछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र नेकपाबाट विभाजित हुँदै गरेको प्रचण्ड माधव नेपाल गुटबीच हेलमेल हुँदै गर्दा संसद् पुनःस्थापना होस् या नहोस् फेरि राजनैतिक शिखण्डीहरुका लागि नयाँ अवरसर आएको अनुभूति हुने देखिएको छ ।

न्यायमाथिको विश्वास नटुटोस्
बिहीबार, माघ ८, २०७७
संसद् विघटनका विरुद्वमा परेका रिटहरु उपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत हठात प्रतिनिधिसभा विघटन निर्णय गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको ३१ दिन कटिसकेको छ ।

कोरोनाको नयाँ प्रजातिबाट बचौं
बुधबार, माघ ७, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

भगवानको खोजी : चेतनाको एक यात्रा
मंगलबार, माघ ६, २०७७
कक्षा चारमा पढ्थें । पढाउने क्रममा सरले भगवान हुँदैनन् भन्नुभयो । चुपचाप सुनिरहे तर मनभरी असहमति थियो । सरले जस्तोसुकै नयाँ कुरा भन्दा, नयाँ जानकारी दिँदा मनमा उत्सुकता हुन्थ्यो, रमाइलो लाग्थ्यो तर त्यो पटक रमाइलो लागेन, मात्र मौन असहमति थियो, एउटा कट्टर मौन असहमति ।

नदी दोहन रोक
मंगलबार, माघ ६, २०७७
नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन्मा क्रसर व्यवसायी र ठेकेदारले मात्र नभएर स्थानीय सरकारले समेत कानुन उल्लंघन गर्ने गरेको पाइएको छ । पहिलेदेखि हुँदै आएको नदीजन्य पदार्थको दोहन स्थानीय तहमा जनप्रतिनिधि आएपछि रोकिनुको सट्टा झनै मौलाएको देखिन्छ ।

आन्तरिक पर्यटनको विकासमा जुटौं
सोमबार, माघ ५, २०७७
विश्वभर फैलिएको कोभिड–१९ का कारण नेपालको पर्यटन व्यवसाय धराशायी भएको छ । लामो समयसम्म बन्द निजी क्षेत्रहरु लकडाउनपछि करिब–करिब सबै खुलेका छन् ।

मुद्दा फैसला कहिले होला ?
आइतबार, माघ ४, २०७७
काम चलाउ सरकारको जिर्ण शरीर बोकेर उभिएका प्रधानमन्त्रीका दासत्व स्विकार गरेका हनुमानमार्फत प्रश्न सोध्न मन लाग्यो कि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको मुद्दा कहिले किनारा लाग्दछ ? सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मोल मोलाई गरेको अडियो प्रकरण सहित सार्वजनिक गरेको महिनौ भयो । उनको मुद्दाको प्रकरण कहाँ पुग्यो ?...