१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ २४, २०७७
बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना
बुधबार, भदौ २४, २०७७
बीपी स्मृति पुस्तकालयको स्थापना गरिएको छ । १०७ औं विपी जयन्तीको अवसरमा पाल्पा काँग्रेसले तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले उद्घाटन गरेका हुन् ।
अनलाइन वक्तृत्वकलामा रामतुल्सीकी रविना विजयी
मंगलबार, भदौ २३, २०७७
जिल्लास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी मावि रामपुरकी रविना ढकाल विजयी भएकी छिन् । ‘कोरोना कहर, हाम्रो शिक्षा र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई उछिन्दै रविना विजय भएकी हुन् ।
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै
मंगलबार, भदौ २३, २०७७
पछिल्ला केही दिन यता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो ।
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि
मंगलबार, भदौ २३, २०७७
नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
केही दिन वर्षाको क्रम बढ्ने : बाढीरपहिरोको सम्भावना
मंगलबार, भदौ २३, २०७७
आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ ।
लागुऔषध सहित दुई पक्राउ
मंगलबार, भदौ २३, २०७७
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
कोरोना सङ्क्रमितको उपचार निःशुल्क
मंगलबार, भदौ २३, २०७७
जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।
पाल्पामा थप चार जनामा संक्रमण, केही स्थानीय तह बन्द
सोमबार, भदौ २२, २०७७
जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतवार साँझ र सोमवार गरी तानसेनका एक जना र माथागढीका ३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका ११ घर भई वडा ४ मा बस्ने एक महिलामा संक्रमण देखिएको स्वास्थ्य...
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका
आइतबार, भदौ २१, २०७७
जिल्लामा थप १६ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते
आइतबार, भदौ २१, २०७७
नेपालमा कोरोना निको भएर घर फर्किनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण
आइतबार, भदौ २१, २०७७
बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।


