Shittalpati
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते
पाल्पामा एकै दिन ६१ जना संक्रमितले कोरोना जिते पाल्पामा कोरोना संक्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ । विहिबार जिल्लाका विभिन्न स्थानीय तहका ६१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।
बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बुटवल कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको विहिबार एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।
न्याय प्राप्तिको संघर्षबाट कहिल्यै विचलित हुँदैन : सभापति श्रेष्ठ
न्याय प्राप्तिको संघर्षबाट कहिल्यै विचलित हुँदैन : सभापति श्रेष्ठ नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जतिबाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हजार घात खान तयार रहेको तर न्याय प्राप्तिको संघर्षबाट विचलित नहुने उल्लेख गरेका छन् ।
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन !
संक्रमित २५ हजारभन्दा बढी भए पुनःलकडाउन ! स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज
एकै दिन १८ सय ९३ जना संक्रमित डिस्चार्ज नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण
पाल्पामा तानसेनका थप चार जनामा कोरोना संक्रमण जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको हो ।
मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
फरार अभियुक्त पक्राउ
फरार अभियुक्त पक्राउ बहुबिबाह मुद्दाको फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा अदालबाट बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका तिनाउ गाउँपालिका ३, दोभानका ४१ वर्षिय नारायण खरेल पक्राउ परका हुन् ।
मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै
मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए ।
नेपाली काँग्रेस गुल्मीको आन्दोलनको कार्यक्रम स्थगित
नेपाली काँग्रेस गुल्मीको आन्दोलनको कार्यक्रम स्थगित नेपाली काँग्रेस गुल्मीले आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सहमत भएपछि नेपाली काँग्रेसले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । मंगलबार भएको वार्तामा आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारबाही गर्न गुल्मी प्रशासन सहमत भएपछि नेपाली काँग्रेसले धर्ना कार्यक्रम स्थगित गरेको हो ।
मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त
मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ सय २३ जना संक्रमण मुुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ ।
खोलाले बगाउँदा मृत्यु
खोलाले बगाउँदा मृत्यु यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।
Weather Update