गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री
शनिबार, जेठ १०, २०७७
हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण
शनिबार, जेठ १०, २०७७
बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । बाहिरबाट आएका नागरिकहरुबाट कोभिड १९ कोरोना भाइरस फैलिन जोखिमबाट बच्न क्वारेन्टाइन निर्माण गरिएको ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए । देश तथा विदेशका विभिन्न स्थानमा रहेका यस वडाका नागरिक र अन्य स्थानबाट आउने नागरिकहरुलाई मध्यनजर...
अपांगता र एकल महिलाको भत्ता रोक्ने सरकारको निर्णयप्रति महिला संघ पाल्पाको गम्भीर ध्यानाकर्षण
शनिबार, जेठ १०, २०७७
सरकारले अपांगता भएका व्यक्ति र एकल महिलालाई दिँदै आएको भत्ता रोक्का गरेकोमा महिला संघ पाल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयप्रति महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले एक...
रहेनन् काँग्रेसका नेता तथा सामाजिक व्यक्तित्व शाक्य
शनिबार, जेठ १०, २०७७
नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको निधन भएको छ । उनको उपचारका क्रममा ७७ वर्षको उमेरमा शनिबार निधन भएको हो । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको क्यान्सर रोगको उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
किसानको तरकारी बजारमा पुर्याउन समस्या
शुक्रबार, जेठ ९, २०७७
व्यावसायिक रूपमा उत्पादित तरकारी विक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा विक्री हुन सकेको छैन । जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाँडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामे लगायतका स्थानमा उत्पादित तरकारी बजारमा पुर्याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ ।
संवादबाटै जमीन फिर्ता लिइन्छ : सञ्चारमन्त्री
शुक्रबार, जेठ ९, २०७७
सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता गर्ने अवस्थामा पुर्याइने दृढता व्यक्त गरेका थिए ।
आज तीस जना नयाँ सङ्क्रमित : सङ्क्रमित पुगे ४८७
शुक्रबार, जेठ ९, २०७७
कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए ।
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग
शुक्रबार, जेठ ९, २०७७
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका गुल्मीका एक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग गरेका छन् । क्रिमसन अस्पतालमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना संक्रमित ४१ वर्षिया शिक्षकको बिहीबार मृत्यु भएको थियो ।
बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली
बिहीबार, जेठ ८, २०७७
बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो ।
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग
बुधबार, जेठ ७, २०७७
नेपाली काँग्रेस गुल्मीले जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना पोजेटिभ देखिएका व्यक्तिको पुनः पिसीआर परीक्षण गर्न माग गरेको छ । बुधबार नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमति व्यक्तिको उपचारमा विशेष ध्यान पुर्याउन माग गरेका हुन् ।
तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ
बुधबार, जेठ ७, २०७७
तानसेन नगरपालिकाको प्रयासमा तानसेन नगरपालिका ५ स्थित कैलाशनगर र वनदेवी बीचमा निर्माणाधीन वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ गरिएको छ ।


