पत्रकार महासंघको निर्वाचन चैत २५ गते
बुधबार, चैत ४, २०७७
गुल्मीमा भूमिहिन सुकुम्वासीलाई जग्गा दिन लगत संकलन
मंगलबार, चैत ३, २०७७
गुल्मीमा भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासहरुको लगत संकलन गरिने भएको छ । उनीहरुलाई जग्गा उपलब्ध गराई ब्यवस्थित ठाउँमा ब्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको लगत संकलन गर्न लागिएको हो ।
पाल्पाली पत्रकारले सिडियो समक्ष गरे यस्तो खुलासा
मंगलबार, चैत ३, २०७७
गत साता सिन्धुलीबाट सरुवा भएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पाल्पाली पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार जिल्लाको सम्पूर्ण अवस्था बुझ्नका लागि प्रजिअ पाण्डेले पत्रकारसँग भेटघाट गरेका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी
सोमबार, चैत २, २०७७
बुटवल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा भएको महाधिवेशनले पहाडीलाई पुनः अध्यक्षतामा चयन गरेको हो ।
परिचय पत्र वितरण गर्दै
सोमबार, चैत २, २०७७
राष्ट्रिय परिचयपत्र वितरण गरी अभियानको शुभारम्भ गर्दै तानसेन नगरपालिका ७ का वडा अध्यक्ष माधव जिसी । वडा कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु गरेको छ । तस्वीर : एनजेडी
६५ वर्ष भन्दा माथिकाले लगाए कोरोना खोप
सोमबार, चैत २, २०७७
माथागढी गाउँपालिका भित्रका ६५ वर्षभन्दा माथिका नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । तेस्रो चरणको कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप अभियान अन्तर्गत कार्यक्रम गाँउपालिका भित्रका ८ वटै वडाका ७ सय १२ जना नागरिकहरुले खोप लगाएका हुन् ।
पेस्तोलसहित तीन जना पक्राउ
आइतबार, चैत १, २०७७
पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शनिबार पाल्पामा पनि अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका थिए ।
गुल्मीमा हत्या अभियुक्त सार्वजनिक
आइतबार, चैत १, २०७७
अभियुक्त घर्तीले हत्या गरि विभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गरेको र घटनालाई अन्यत्र मोडन खोजेको प्रहरीले जनाएको छ ।
तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
शनिबार, फागुन २९, २०७७
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आधारभूत प्राथमिकता उपचार तालिम दिएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रस पाल्पा शाखाले तानसेनमा आधारभुत प्राथमिक उपचार तालिम दिएको हो ।


