Shittalpati
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका –६ का ८७ वर्षीय संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण
बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण कृषकहरुद्वारा उत्पादित कृषिजन्य उत्पादनहरुले उचित मूल्य नपाएको गुनासो आइरहेका बेला गुल्मीमा मकै बिउको मूल्य निर्धारण भएको छ । जिल्लाभर मकै बिउको समान मूल्य कायम गर्न तथा बिउको बजारीकरणमा सहजता ल्याउनका लागि जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले मकै बिउको जिल्ला दररेट कायम गरेको छ ।
७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी
७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी नेपालको कूल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसंख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ ।
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर
अमेरिकी नागरिक थम्सनको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर जिल्लाको बगनासकाली गाउँपालिका वडा ७, खानीगाउँ रामबगैचाका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । अमेरिकी ६८ वर्षीय नागरिक पउल थम्सनको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो स्वीटर वितरण गरिएको हो ।
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार बिना स्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सो क्रममा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेको छ ।
गुल्मीका सरोकारवालाहरुद्वारा भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता
गुल्मीका सरोकारवालाहरुद्वारा भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता गुल्मीका सरोकारवाला निकायहरुले भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवरमा भ्रष्टाचार विरुद्धको नागरिक निगारानी संस्था गुल्मीले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नेपालमा भ्रष्टाचार बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने
गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने गुल्मीमा २० जना भन्दा बढी जन्ती लान नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले धार्मिक कार्य (दिवाली) तथा बिवाह गर्दा साउण्ड सिष्टम तथा बाजा नबजाउने निर्णय गरेको हो ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि बिहीबार विविध कार्यक्रम गरी मनाइदैछ ।
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्‍यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्‍यो । रोजगारी गुमाउने मध्येका एक हुन तानसेन नगरपालिका–१४ का रमेश परियार । यस अघि काठमाडौँस्थित एक होटलमा कुकम्यानका रुपमा काम गर्दै आएका परियार सात महिनादेखि बेरोजगार छन् ।
पशुका लागि गुन्द्रुक बनाउँदै
पशुका लागि गुन्द्रुक बनाउँदै पाल्पाको रामपुर नगरपालिका ६ मा मेसिनबाट पशुका लागि पोषिलो खाना गुन्द्रुक (साइलेज) तयार गरिदै । कामधेनु गाईफर्म रामपुरको व्यवस्थापनमा पशुका लागि व्यवसायिक रुपमा साइलेज उत्पादन गरिदै आइएको छ ।
तीन दिन बदली हुने
तीन दिन बदली हुने न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैनाका ७३ वर्षीय ती व्यक्तिको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
Weather Update