‘सर्वोच्चको फैसलालाई जीत र हारको विषय नबनाऔँ’
बुधबार, फागुन १२, २०७७
संसद् पुनःस्थापनापछि गुल्मी काँग्रेसले जनतासँग खुसीयाली साटासाट गर्दै
बुधबार, फागुन १२, २०७७
गुल्मी, फागुन १२÷ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै संसद् पुनःस्थापना गरेपछि नेकपा सहित नेपाली काँग्रेसले खुसीयाली मनाएको छ । गुल्मी काँग्रेसले पनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि जिल्लामा खुसीयाली मनाएको छ । काँग्रेसले मंगलबार खुसीयालीमा दिपप्रज्वलन गरेको थियो, भने शुक्रबार जिल्लाका १२ वटै स्थानीय तहका जनतासँग...
थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, फागुन १२, २०७७
पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको हो ।
सर्वोच्चको ऐतिहासिक फैसला प्रतिनिधिसभा पुनःस्थापना
बुधबार, फागुन १२, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठह¥याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला
मंगलबार, फागुन ११, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।
तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा
मंगलबार, फागुन ११, २०७७
बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।
ससुराको हत्या आरोपमा पक्राउ परेकी महिलालाई सार्वजनिक
मंगलबार, फागुन ११, २०७७
ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारी मनकला ज्ञवालीलाई गुल्मी जिल्लाको प्रहरीले सार्वजनिक गरेको छ । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया ज्ञवालीलाई प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।
संरक्षणको अभावमा सार्वजनिक धारा
मंगलबार, फागुन ११, २०७७
संरक्षणको अभावमा सार्वजनिक धारा जीर्ण बन्दै गएका छन् । सरकारले एकघर एकधारा जडान गर्न थालेपछि पाल्पा तानसेन १२ का सार्वजनिक धारा, कुवालगायत मर्मतको पर्खाइमा ।
महिलालाई आत्मनिर्भर बनाउन अगरबत्ती तालिम
मंगलबार, फागुन ११, २०७७
महिलाहरुलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउन अगरबत्ती तालिम दिइएको छ । बडिज्ञानटोल विकास संस्था तानसेनको ब्यवस्थापन र नागरिक स्वरोजगार केन्द्रको आयोजनामा महिलालाई एक दिने अगरबत्ती बनाउने तालिम दिइएको हो । महिलाहरुलाई अगरबत्ती बनाएर आफै स्वरोजगार बनी आत्मनिर्भर बन्नका लागि तालिम दिइएको टोल विकास संस्थाले जनाएको छ ।
रानीमहललाई ‘हेरिटेज होटेल’ बनाउने प्रस्तावको सर्वत्र विरोध
मंगलबार, फागुन ११, २०७७
पाल्पाको ऐतिहासिक रानीमहल दरबारलाई ‘हेरिटेज होटेल’ बनाउने प्रस्तावको सर्वत्र विरोध भएको छ । नेपाल पर्यटन बोर्डले रानीमहल दरबारलाई हेरिटेज होटेल बनाउने प्रस्ताव सरकारलाई गरेपछि पाल्पामा यसको सर्वत्र विरोध भएको हो ।
कोरोना अपडेट : थप ९० जना कोरोनामुक्त, मृत्यु शून्य
सोमबार, फागुन १०, २०७७
सोमबार थप ९० जना कोरोना संक्रिमत निको हुँदा १ सय २५ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित र निको हुनेको संख्या देखिए पनि सोमबार मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।
कोरोनाबाट अमेरिकामा पाँच लाखको मृत्यु
सोमबार, फागुन १०, २०७७
वासिङ्टन, कोरोना भाइरस संक्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
माथागढीले सहिदलाई यसरी सम्झियो
सोमबार, फागुन १०, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले ७१औं प्रजातन्त्र दिवसका अवसरमा सच्चा सहिदहरुलाई सम्झदै विविध कार्यक्रम गरेको छ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन उल्लेखनिय योगदान पुर्याएका सहिदहरुको योगदानलाई सम्झदै गाउँपालिकाले विविध कार्यक्रम गरेको हो ।


