Shittalpati
संक्रमणमुक्त हुने दर बढ्न थाल्यो
संक्रमणमुक्त हुने दर बढ्न थाल्यो पछिल्ला केही दिन यता कोरोना संक्रमणमुक्त हुनेको दर बढ्न थालेको छ । संक्रमणको दर नघटेपनि संक्रमणमुक्त हुनेको दर भने बढ्न थालेको हो । बुधबार पनि नेपालमा कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ ।
पाल्पामा एकै दिन ५६ संक्रमितले कोरोना जिते , ६८ जनामा संक्रमण पुष्टि
पाल्पामा एकै दिन ५६ संक्रमितले कोरोना जिते , ६८ जनामा संक्रमण पुष्टि जिल्लामा एकै दिन ५६ जना संक्रमितले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २७ जना महिला र २९ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ ।
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २१ जना पुरुष संक्रमित निको भएका हुन् ।
गुल्मी प्रशासनले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने
गुल्मी प्रशासनले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि प्रशासनले माघ २३ गते देखि आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको हो ।
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
माघ १९ गते सार्वजनिक विदा
माघ १९ गते सार्वजनिक विदा नेपाल सरकारले यही माघ १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निणर्य गरेको गृह मन्त्रालयले जनाएको छ ।
नवजनचेतना दैनिक ‘क’ वर्गमा
नवजनचेतना दैनिक ‘क’ वर्गमा पाल्पादेखि नियमित रूपमा प्रकाशित नवजनचेतना दैनिक प्रेस काउन्सिल नेपालले गरेको वर्गिकरणमा ‘क’ वर्गमा पर्न सफल भएको छ ।
रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा
रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समीक्षा गरिएको छ ।
गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको पाल्पामा एक सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update