खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो
शुक्रबार, मंसिर १०, २०७८
एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि
शुक्रबार, मंसिर १०, २०७८
नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको एमालेको सचिवालयले जनाएको छ । महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
यमलालको सर्मथनमा कृष्ण बस्यालको सभापतिमा उम्मेदवारी
शुक्रबार, मंसिर १०, २०७८
नेपाली काँग्रेस पाल्पाको १० औं जिल्ला अधिवेशनमा सभापति पदमा कृष्ण बस्यालले उम्मेद्वारी दिएका छन् । पार्टीका दिग्गज एवं पुराना नेता यमलाल तिमिल्सेनाको समर्थनमा बस्यालले सभापतिमा उम्मेद्वारी दिएका हुन् ।
साहित्यकार कार्कीद्वारा अक्षयकोष स्थापना
बिहीबार, मंसिर ९, २०७८
साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा अक्षयकोष स्थापना गरेकी छिन् । कार्कीले दुई लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेकी हुन् । उनले पद्मश्री पुरस्कार (दुई लाख रूपैयाँ) रकमबाट विद्यालयमा कोष स्थापना गरेकी हुन् ।
विप्लव नेतृत्व नेकपाको पाल्पामा जनसभा
बिहीबार, मंसिर ९, २०७८
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पाल्पामा जनसभा गरेको छ । नेकपाले आफ्नो स्थापना दिवसको अवसरमा जनसभा गरेको हो । सभामा नेकपाका नेता कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
बिहीबार, मंसिर ९, २०७८
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । यस वर्ष सुन्तला रङमा रंगेर महिला हिंसालाई अन्त गर भन्ने प्रतिविम्व सहित कार्यक्रम गरिदै छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग र विभिन्न गैरसरकारी संघसंस्थाले संयुक्त रूपमा दिवस मनाउने तयारी गरिरहेका छन् ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बिहीबार, मंसिर ९, २०७८
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । तानसेन, रामपुर र रैनादेवी छहरामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । तानसेनमा अचेत अवस्थामा रहेका एक पुरुष, रामपुरमा नहरले बगाएर ल्याएको अवस्थामा एक व्यक्ति र रैनादेवी छहरामा रुखमा झुण्डिएको अवस्थामा अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी...
पत्रकार शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने
बुधबार, मंसिर ८, २०७८
नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक अजयबाबु शिवाकोटीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । उनले शितलपाटी डटकमसँग कुरा गर्दै आफू पूर्णरूपमा राजनीतिको मूलधारमा सक्रिय हुन पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।
रामपुरमा नहरले बगाउदै ल्याएको अवस्थामा शव भेटियो
बुधबार, मंसिर ८, २०७८
जिल्लाको रामपुरमा नहरले बगाउँदै ल्याएको अवस्थामा एक युवकको शव भेटिएको छ । रामपुर फाँट सिंचाई योजनाको नहरले बगाउदै ल्याएको अवस्थामा रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको शव भेटिएको हो ।
नेपालमा फेरि बढ्न थाल्यो कोरोना
बुधबार, मंसिर ८, २०७८
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । दैनिक जसो ३/४ सयको हाराहारीमा संक्रमित देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार ३ सय ८५ जनामा संक्रमण देखिएको थियो भने मंगलबार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
आरनका लागि कच्चापदार्थ र कामदार अभाव
बुधबार, मंसिर ८, २०७८
पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो ।
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी
मंगलबार, मंसिर ७, २०७८
नेपाली काँग्रेस पाल्पाको प्रतिनिधिसभा क्षेत्रअन्र्तगतको निर्वाचनमा झमनबहादुर राजमगर र मुक्ति (माधव) जिसी क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।


