स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
मंगलबार, चैत १४, २०७९
पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग
मंगलबार, चैत १४, २०७९
कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ ।
लुम्बिनी प्रदेशमा मुुख्यमन्त्रीलाई राजीनामा दिन दवाब
मंगलबार, चैत १४, २०७९
केन्द्रमा फेरिएको सत्तासमीकरणको असर लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ । यहाँ एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । अहिले प्रदेश सरकारको नेतृत्व गरेका एमाले नेता तथा मुख्यमन्त्री लिला गिरीलाई राजीनामा दिन दवाब समेत परेको छ ।
असारेका जनताको घर–घरमा खानेपानीको धारा
मंगलबार, चैत १४, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ असारेका जनताले घर–घरमै खानेपानीको सुविधा पाएका छन् । दैनिक एक घण्टा लगाएर खोलामा पानी बोक्न जानु पर्ने बाध्यता असारेका जनतालाई हटेको छ । गाउँमा तल्लो र उपल्लो असारे लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछी जनताले घर–घरमै खानेपानीको धारा पाएका हुन् ।
आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’
मंगलबार, चैत १४, २०७९
स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाÞय पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो ।
आज एमाले अध्यक्ष ओली तानसेन आउँदै
मंगलबार, चैत १४, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज तानसेनको दमकडामा आउने जनाइएको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरी वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली दमकडा आउन लागेका हुन् ।
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
सोमबार, चैत १३, २०७९
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ ।
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
सोमबार, चैत १३, २०७९
खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो ।
पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला
सोमबार, चैत १३, २०७९
जिल्लाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका–८ कोहलका रनबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आइतबार विहान खानेपानीको पाइप बनाउन भनि घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोज्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा मृत अवस्थामा फेला पारेको...
पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो
सोमबार, चैत १३, २०७९
चैत १७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले केन्द्राध्यक्षको नियुक्ति, अभिमुुखीकरणदेखि प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्याउने काम सकेको छ । शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख महेन्द्र सुुवेदीले एसइईको सबै...
विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति
सोमबार, चैत १३, २०७९
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्युत महसुुल दर वृद्धिको प्रस्तावमा आपत्ति जनाएका छन् । बुटवल पावर कम्पनी लिमिटेडको आँधिखोला वितरण केन्द्रले विद्युत महशुल दर बृद्धिका लागि गरेको प्रस्तावप्रति नगर प्रमुख थापाले आपत्ति जनाएका हुन् ।
हेफरले दियो पशु स्वास्थ्य प्राविधिकलाई तालिम
आइतबार, चैत १२, २०७९
समुदायतहमा कार्यरत पशु स्वास्थ्य प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको छ । हेफर प्रोजेक्ट इन्टरनेशल नेपालले पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु र रुपन्देही जिल्लाका समुदायतहमा कार्यरत प्राविधिकहरुलाई ‘एक स्वास्थ्य अवधारणा’ विषयक तालिम दिएको हो । बुटबवलमा भएको तालिम दुुई दिनसम्म चलेको थियो ।
लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा
आइतबार, चैत १२, २०७९
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।


-1762576335.jpg)