Shittalpati
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण जिल्लाको तानसेनमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी एरिया २ को आयोजनामा पदस्थापना तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । जिल्लाको एरिया २ अन्तर्गत रहेका १२ वटा लायन्स क्लब र दुई वटा लियो क्लबको पदस्थापना र प्रशिक्षण कार्यक्रम भएको हो ।
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  जिल्लाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार विहान १ :३० बजे भएको दुर्घटनामा चालक सल्यान कालीमाटी गाउँपालिका – २ का  ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको  हो ।  
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित गिट्टी, बालुवा निकासीको रोयल्टी रसिद प्रमाणिकरणको माग गर्दै तीन दिनदेखि बगनासकाली गाउँपालिकाको कार्यालयमा धर्ना बस्दै आएका वडा–६, यम्घा दर्पुकका बोटे युवाहरुले धर्ना स्थगित गरेका छन् । आइतबार पालिकाले रोयल्टी रसिद प्रमाणिकरण गरेको प्रमाणित प्रतिलिपी दिएपछि उनीहरुले धर्ना स्थगित गरेका हुन् ।
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित गोएल मेटल उद्योगमा काम गर्ने रौतहट गुजरा नगरपालिका–६ बेदौलीका १९ वर्षीय पप्पु पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामथ्र्य विस्तार गर्ने निर्णय गरेको हो ।
दाजुभाइको लोभलाग्दो कृषि कर्म
दाजुभाइको लोभलाग्दो कृषि कर्म नेपाली विषयमा डिग्री हासिल गरेका तानसेन –७ काजीपौवाका गम्बीरजंग रायमाझीसँग सरकारी जागिरको कुनै गुञ्जायस थिएन् । पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँथे । १६ वर्ष उमेरदेखि नै व्यवसायिक कृषिमा लागेका रायमाझीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको...
संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता हुँदै
संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता हुँदै प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सोमबार हुने निर्वाचनका लागि सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता हुने भएको हो । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित । बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म...
लोपोन्मुख रैथाने ‘तिल्की’ धान  संरक्षण  गर्न  थालियो    
लोपोन्मुख रैथाने ‘तिल्की’ धान  संरक्षण  गर्न  थालियो     स्दाङमा रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको उक्त धान तुलसीपुर उपमहानगरपालिका–१८ स्थित विजौरीमा करिब दुई बिघा जग्गा भाडामा लिएर खेती सुरुवात गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई प्राङ्गारिक खेतीअन्तर्गत तिल्की...
काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना
काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०–०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् आठ वर्षीया लीना पाण्डे । उनले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन् ।
असफलताको बाटोमा स्वास्थ्य बीमा
असफलताको बाटोमा स्वास्थ्य बीमा स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो ।
बगनासकाली बिवाद कायमै : पीडित बोटे बसे धर्नामा
बगनासकाली बिवाद कायमै : पीडित बोटे बसे धर्नामा बगनासकली बिवाद कायमै छ
Weather Update