रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी
शुक्रबार, साउन १२, २०८०
ढल्यो कोशी सरकार, सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश
बिहीबार, साउन ११, २०८०
सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेसँगै कोशी सरकार ढलेको हो ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिहीबार, साउन ११, २०८०
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–१ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, साउन ११, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
बिहीबार, साउन ११, २०८०
राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।
घरेलु यौन हिंसाबाट पीडित बालिका कहाँ हराईन ?
बिहीबार, साउन ११, २०८०
२० असार २०८० को मध्ये राती ११ बर्षीया बालिका माथि आफ्नै बाबुले जवरजस्तीकरणी गरेको भन्ने कुरा सुन्नासाथ त्यो पापी को होला ? भन्ने जिज्ञासा र कौतुहलता उत्पन्न भयो ।
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा
बिहीबार, साउन ११, २०८०
पाल्पाको तिनाउ गाउँपालिकाका (नाम परिवर्तन) दिनेश सारु श्रीमति, दुई छोरीलाई घरमा छोडेर वैदेशिक रोजगारीका लागि कतार गए । उनले कामाएको १० लाख श्रीमतिको नाममा पठाए । सारु ५ वर्षपछि स्वदेश फर्केपछि पठाएको रकमबारे श्रीमतिसँग सोधीखोजी गर्न थाले ।
विदेशबाट फर्केर आफ्नै व्यवसाय
बिहीबार, साउन ११, २०८०
बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाए । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन् ।
काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने
बुधबार, साउन १०, २०८०
नेपाली काँग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।
आठ हजार ८ सय ९६ थान हातहतियार नष्ट
बुधबार, साउन १०, २०८०
विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ ।
बडिगाड प्रहरी मृत्यु प्रकरण : हत्या गर्ने आमा–छोरा प्रहरी नियन्त्रणमा
बुधबार, साउन १०, २०८०
बडिगाड गाउँपालिकास्थित भीमगिठे प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको मृत्यु प्रकरणमा संलग्न आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छतमा पक्षीपालन गर्दै उमाकुमारी
बुधबार, साउन १०, २०८०
मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेका छन् । पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उनले तीन तला घर माथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन...
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति
मंगलबार, साउन ९, २०८०
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आव २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । डिभिजन कार्यालयले शिक्षा, खेलकुद, सामुदायिक भवन निर्माणका काममा ८६.६ प्रतिशत सफलता प्राप्त गर्दै उत्साजनक प्रगति गरेको हो ।


