रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित
सोमबार, जेठ १, २०८०
मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर उत्साहित भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे
आइतबार, वैशाख ३१, २०८०
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित भएकी छन् । आइतबार तानसेनमा भएको युनियनको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
महमा मिसावट गर्ने गिरोह पक्राउ
आइतबार, वैशाख ३१, २०८०
बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
आइतबार, वैशाख ३१, २०८०
जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
आइतबार, वैशाख ३१, २०८०
लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
प्रेस युनियन रुपन्देहीमा नेपाल
शनिबार, वैशाख ३०, २०८०
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । युनियनको बुटवलमा भएको २१ औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
गाउँले देउराली साप्ताहिकले गाउँमै गएर मनायो ३० औं वार्षिक उत्सव
शनिबार, वैशाख ३०, २०८०
पाल्पाको तानसेनबाट प्रकाशित हुँदै आएको गाउँले देउराली साप्ताहिकले गाउँमै पुुगेर ३० औं वार्षिक उत्सव मनाएको छ । पत्रिकाले पूूर्वखोला गाउँपालिका –१ ढाक्रेवास पुुगेर आफ्नो वार्षिक उत्सव मनाएको हो ।
पार्टी सिष्टमले चल्नुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर
शुक्रबार, वैशाख २९, २०८०
पाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम व्युठानको स्वर्गद्वारीमा सुरु भएको छ । तीनदिनसम्म हुने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुुरु भएको हो ।
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले संघीयताको कारण देशको ढुुकुटी रित्तिदै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले मुुलुुकमा संघीयता महँगो बन्दै भएकाले ढुकुटी नै रित्तिने अवस्थामा पुुगेको बताएका हुन् ।
पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै
शुक्रबार, वैशाख २९, २०८०
सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन गरिने भएको छ ।


-1762576335.jpg)