आगोले जलेर शिशुको मृत्यु
बिहीबार, पुस १२, २०८०
गुल्मीमा जनशक्ति नहुँदा आइसियु प्रयोगविहीन
बिहीबार, पुस १२, २०८०
जनशक्ति अभावले जिल्ला अस्पताल गुल्मीमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै उपचारको व्यवस्था मिलाउन भेन्टिलेटरसहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो ।
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा
बुधबार, पुस ११, २०८०
जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
बुधबार, पुस ११, २०८०
ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
अलमलमै प्रचण्ड सरकारका एक वर्ष
बुधबार, पुस ११, २०८०
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार गठन भएको मंगलबार एक वर्ष पुरा भएको छ । २०७९ पुस १० मा गठन भएयता सरकारले जनताको तहसम्मै प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न नसकेको आमबुझाइ छ ।
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध
मंगलबार, पुस १०, २०८०
तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । यही पुस १४ गते हुन लागेको समितिको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको हो ।
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल
मंगलबार, पुस १०, २०८०
ब्राह्मण समाज नेपाल पाल्पाको अध्यक्षमा पुनः धर्मचन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । समाजको १२ औं साधारणसभा तथा चौथौं अधिवेशनले नेपालाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो ।
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा
मंगलबार, पुस १०, २०८०
सनातन धर्म सेवा समिति (गुठी) मेहल्धारा तानसेन पाल्पाले ‘हनुमान पूजा’ गरेको छ । गुठीले हरेक वर्ष हनुमान जयन्तीको अवसरमा इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गर्दछ । सोही अनुसार उसले विधिपूर्वक हनुमान पूजा गरेको हो ।
सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं
मंगलबार, पुस १०, २०८०
राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन फेरी सडक बन्द गर्न लागिएको छ । निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
मंगलबार, पुस १०, २०८०
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज देशभर मनाइँदैछ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
सोमबार, पुस ९, २०८०
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
पुस १६ देखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द हुने
सोमबार, पुस ९, २०८०
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सुरुङ मार्गको कामलाई तीव्रता दिन उक्त सडक खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको हो ।
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा
सोमबार, पुस ९, २०८०
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।


