Shittalpati
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’ नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाद्वारा स्थापित नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गुल्मीका दुई पत्रकार पुरस्कृत  भएका छन् । शुक्रबार गुल्मीको तम्घासमा नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको अवसरमा जिल्लाका दुई पत्रकार नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । 
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु गत पौष २१ मा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सनेमा ग १ ख ४९७७ नम्वरको बस दुर्घटना हुुँदा ६ जनाको मृत्यु भयो ।  रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा उनीहरुले ज्यान गुमाए ।  ८ साउन २०७९ मा रिब्दीकोटको लघुवामा लु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा...
मेयर छात्रवृत्तिले विपन्न विद्यार्थीलाई राहत
मेयर छात्रवृत्तिले विपन्न विद्यार्थीलाई राहत हुम्लाको ताजाकोट गाउँपालिका–२ खटिकबाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इन्जिनियरिङ शिक्षा अध्ययन गर्छन् । उनी रामपुरस्थित दरैठाँटी माविमा सिभिल इन्जिनियरिङको तेस्रो सेमेष्टरमा अध्ययनरत छात्र हुन् । सो सेमेष्टरको भर्ना अभियान चलेको बेला पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको थियो । परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाइ बीचमै छाड्ने कि...
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन ।
अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष
अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अङ्ग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अङ्ग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अङ्गदानको प्राथमिकतामा पर्छन् ।
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण 
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापनाको घोषणासँगै वृक्षारोपण गरिएको छ । असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा र वृक्षारोपण गरेको हो । 
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने नेपाली काँग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । उसले नयाँ सदस्य थप्नका लागि  ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो ।
अधिकमास अर्थात् मलमास सुरु
अधिकमास अर्थात् मलमास सुरु प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।    साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ ।
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । 
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ढोलीमारा किवीले हराभरा
ढोलीमारा किवीले हराभरा जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाको ढोलीमारा यति बेला किवीले हराभरा भएको छ । ७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पर्ने ढोलीमाराका बारीहरु यतिबेला किवीले हराभरा देख्न सकिन्छ । अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवीबाट सफलता पाउन थालेका...
Weather Update