पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ
सोमबार, फागुन ७, २०८०
टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, फागुन ७, २०८०
जिल्लाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा रहबास–खैरेनी भित्रि कच्ची सडक खण्डमा रुपन्देहीको खैरेनीबाट माथागढी गाउँपालिका ५ स्थित रहेको घामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
कोरियन भाषा परीक्षा आजदेखि सुरु
सोमबार, फागुन ७, २०८०
ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ ।
प्रजातन्त्र दिवस, देशभर मनाइँदै
सोमबार, फागुन ७, २०८०
आज ७४ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।
पाल्पामा ‘दादुरा–रूबेला खोप अभियान’को तयारी
सोमबार, फागुन ७, २०८०
देशभर सञ्चालनको घोषणा गरिएको ‘दादुरा–रुबेला खोप अभियान’ को तयारी पाल्पामा तिव्र पारिएको छ । फागुन १३ गतेदेखि २७ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दिन लागिएको दादुरा–रुबेला रोग विरुद्ध खोप अभियान तिव्र पारिएको हो ।
आज निर्वाचन दिवस मनाइँदै
सोमबार, फागुन ७, २०८०
आज आठौं निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको हो ।
बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल
आइतबार, फागुन ६, २०८०
तिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गरेका थिए ।
बाल ज्योति प्राविको उन्नतिको यात्रा
आइतबार, फागुन ६, २०८०
कक्षा पाँचसम्म पढाइ हुने तानसेन नगरपालिका–७ काजीपौवास्थित बाल ज्योति प्राथामिक विद्यालयमा विद्यार्थी न्यून भएपछि अर्को विद्यालयसँग मर्ज गर्ने अवस्थामा पुगेको थियो । २०६९/०७० तिर विद्यार्थी संख्या २० जना थिए । थोरै विद्यार्थी भएपछि शिक्षा कार्यालयले स्कूल मर्च गर्ने बताएको थियो । गाउँलेले सुधार्ने भन्दै समायोजन नगर्न माग राखे ।
लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै, तयारी तिव्र
आइतबार, फागुन ६, २०८०
लुम्बिनीमा फागुन २८ देखि २९ गते सम्म चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स शिखर सम्मेलन’ हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा सम्मेलन हुन लागेको हो ।
त्रिभुवन बहुमुखी क्याम्पसको जर्नल पत्रिका लोकार्पण
शनिबार, फागुन ५, २०८०
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जर्नल –२ पत्रिका लोकार्पण गरेको छ । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले क्याम्पसद्वारा प्रकाशित जनरलको लोकापर्ण गरेका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘क्याथल्याब’ मेसिन बल्ल उपयोगमा आयो
शनिबार, फागुन ५, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको छ ।
संस्कार सिक्दै सिद्धी विनायकका विद्यार्थी
शनिबार, फागुन ५, २०८०
विशेषतः विद्यालयमा विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र सिकाइन्छ । सैद्धान्तिक ज्ञानमै सिमित गराईने विद्यार्थीले न व्यवहारिक ज्ञान हासिल गर्न सक्छन् नत संस्कार सहितको शिक्षा नै । जसका कारण पछिल्लो समय समाज न सभ्य बन्न सकेको छ नत जन्मदिने बाबुआमा नै सम्मानित ।
पाल्पामा नियमित रक्तदाता संघ गठन, अध्यक्षमा भण्डारी
शुक्रबार, फागुन ४, २०८०
पाल्पामा नेपाल नियमित रक्तदाता संघ गठन गरिएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले रक्तदाता संघ पाल्पा शाखा गठन गरेको हो ।


