Shittalpati
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
ढोरपाटनमा एक वर्षमै फल्यो स्याउ
ढोरपाटनमा एक वर्षमै फल्यो स्याउ ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिकोप्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएरलगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन ढिला सुस्ती : मन्त्री पौडेल
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन ढिला सुस्ती : मन्त्री पौडेल स्वास्थ्य तथा जनस्वास्थयमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्‍याउन सरकारले ढिला सुस्ती गरी रहेको बताएका छन् । मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बताएका हुन् ।
साहित्यकार चन्दको  ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण
साहित्यकार चन्दको  ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण साहित्यकार तथा नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी दीर्घबहादुर चन्द ‘सुमन’को दुई वटा  पुस्तक एकै पटक लोकार्पण गरिएको छ । चन्दको ५४ औं जन्म दिनको अवसरमा आगो लघुकविता सदन (आलस)ले काठमाडौंमा उक्त पुस्तकहरुको लोकार्पण तथा विमर्श कार्यक्रम गरेको हो ।
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसर पारेर कम्पनीले ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको हो ।
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ? गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । 
संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता
संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो ।
बाढीले बगाएर बेपत्ता माझीको शव फेला
बाढीले बगाएर बेपत्ता माझीको शव फेला बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । 
पाल्पामा बढ्दो आत्महत्या
पाल्पामा बढ्दो आत्महत्या पछिल्लो समय पाल्पामा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्र जिल्लामा दुई सय ४९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याड्ढ छ ।
आज विश्वआत्महत्या रोकथाम दिवस  
आज विश्वआत्महत्या रोकथाम दिवस   आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मायो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमारहेको छ ।
पाल्पामा बीपी जयन्ती : काँग्रेसद्वारा ‘बीपी कोइराला बहुुआयामिक व्यक्तित्व’ विषयक वक्तृत्वकला
पाल्पामा बीपी जयन्ती : काँग्रेसद्वारा ‘बीपी कोइराला बहुुआयामिक व्यक्तित्व’ विषयक वक्तृत्वकला बीपी कोइरालाको १११ औँ जन्मजयन्ती पाल्पामा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस पाल्पा प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ र २ ले संयुक्त रुपमा तानसेनमा वक्तृत्वकला तथा अन्तरसंवाद कार्यक्रम गरी बीपी जयन्ती मनाइएको हो ।  
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् । 
Weather Update