वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
बुधबार, वैशाख १९, २०८१
लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी
बुधबार, वैशाख १९, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
बुधबार, वैशाख १९, २०८१
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
मंगलबार, वैशाख १८, २०८१
गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी...
इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
मंगलबार, वैशाख १८, २०८१
प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो...
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
मंगलबार, वैशाख १८, २०८१
दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् ।
लुम्बिनीका जिल्लामा अत्यधिक गर्मी, तातो हावाको लहर अझै बढ्ने
मंगलबार, वैशाख १८, २०८१
केही दिनयता मुलुकका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । लुम्बिनी प्रदेशमा तराई जिल्लाका केही स्थानमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा ४० डिग्री सेल्सियस तापक्रम नाघेको हो ।
बझाङमा एमालेका भण्डारी विजयी
सोमबार, वैशाख १७, २०८१
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।
लुम्बिनीको तराईमा तातो हावाको लहर अझै बढ्ने
सोमबार, वैशाख १७, २०८१
विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।
स्याङ्जामा चक्कु प्रहारबाट युवकको मृत्यु
सोमबार, वैशाख १७, २०८१
स्याङ्जाको वालिङ नगरपालिका –१३ बायांटारीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । दाङका २० वर्षीय आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
आज विश्व नृत्य दिवस मनाइँदै
सोमबार, वैशाख १७, २०८१
आज विश्व नृत्य दिवस संसारभर नृत्य सम्बन्धी विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष अप्रिल २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
तानसेनमा मस्तिष्क पक्षघातका बालबालिकाहरुको लागि यातायात सेवा सञ्चालन
आइतबार, वैशाख १६, २०८१
विभिन्न किसिमका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागि डे केयर सम्म आउन जानको लागि यातायात सेवा सञ्चालन भएको छ । यातायात सेवाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मस्तिष्क पक्षघात भएका बालवालिकाहरुलाई यातायात सवारी साधनमा चढाई शुभारम्भ गरे ।
पाल्पा जेसिजद्वारा रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर
आइतबार, वैशाख १६, २०८१
पाल्पा जेसिज वर्ष २०२४ ले गुल्मीमा रहेको एक आश्रममा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उसले जिल्लाको सत्यवती गाउँपालिका–१ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा पुगेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।


