Shittalpati
आज ‘विश्व रेबिज दिवस’ मनाइँदै
आज ‘विश्व रेबिज दिवस’ मनाइँदै आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । नेपालमा पनि ‘एकका लागि सबै, सबैका लागि एक स्वास्थ्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज...
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार  
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार   जिल्लाका निस्दी गाउँपालिका –१  राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ ।  राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा  पनि देखिन थालेको हो ।
वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु
वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।
पर्यटकीय सिजन नै छैन उत्साजनक
पर्यटकीय सिजन नै छैन उत्साजनक विश्व पर्यटन दिवस आज नेपालसहित विश्वमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै उक्त दिनको सम्झनामा हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
कोइला अभावमा आरन व्यावसायी समस्यामा
कोइला अभावमा आरन व्यावसायी समस्यामा विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र वुट्यान सजिलै नपाइने भएपछि आरन पेसा गर्दै आएका विश्वकर्मा समुदायले समस्या झेल्दै आएका छन् ।
छोङछिङमा प्रधानमन्त्री भेटवार्ता
छोङछिङमा प्रधानमन्त्री भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरे । 
आज परमाणु हतियार निर्मूल दिवस
आज परमाणु हतियार निर्मूल दिवस अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ । सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने सुरु गरिएको हो ।
पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु
पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको  डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु
गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । स्थानीय शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा काम गर्ने मजदुरको मृत्यु भएको हो ।
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।  
Weather Update