एचआईभी रोकथाममा नार्डेक
मंगलबार, असार ११, २०८१
काँग्रेस आगामी चुनाव एक्लै लड्छ : नेता पन्त
मंगलबार, असार ११, २०८१
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज पाल्पाको रामपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।
आज मगर जातिको भूमि पर्व
मंगलबार, असार ११, २०८१
मगर समुदायको प्रमुख चाड मध्ये भूमी पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै मगर समुदायले यो पूजा गर्दै आएका...
आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु
सोमबार, असार १०, २०८१
दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा
सोमबार, असार १०, २०८१
जिल्लाको पूर्वखोला गाउँपालिकाले कृषि र पशुुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले ‘गरौं व्यवसायिक कृषि , पशुपालन यसैबाट सुुरु हुन्छ पूर्वखोलाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि र पशुुपालनलाई उच्च प्राथमिकतामा राखेको हो ।
नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने
सोमबार, असार १०, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरलाई ‘हरित सहर’ घोषणा गरी हिल स्टेसन निर्माण गर्ने भएको छ । नगर सरकारले आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरी दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो ।
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग
आइतबार, असार ९, २०८१
गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।
मौसमा बदली : चार प्रदेशमा बिहानैदेखि वर्षा
आइतबार, असार ९, २०८१
देशका केही भू–भागमा वर्षाको सम्भावना छ । केही स्थानमा आइतबारदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ ।
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने
आइतबार, असार ९, २०८१
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
आइतबार, असार ९, २०८१
बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेनन् ।
आज विश्व एकल महिला दिवस
आइतबार, असार ९, २०८१
आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । दिवसका अवसरमा देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ ।
नेपाल टेलिकमले दियो बालबालिकालाई झोला
शनिबार, असार ८, २०८१
नेपाल टेलिकमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला दिएको छ । टेलिकम प्रादेशिक कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुलाई झोला दिएको हो ।
समानुपातिक प्रणाली सच्याउनुुपर्छ : डा. कोइराला
शुक्रबार, असार ७, २०८१
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखरकोईरालाले समानुपातिक निर्वाचन प्रणाली गतल भएकाले सच्याउँनुपर्ने बताएका छन् । नेपालडेमोक्र्याटिक लयर्स एसोसिएसनको कार्यक्रममा शुक्रबार मधेस पुगेका कोईरालाले यस्तोबताएका हुन् ।


