‘कृषि एम्बुलेन्सले’ कृषकलाई राहत, उपभोक्तालाई सहज
सोमबार, जेठ १७, २०७८
संक्रमितको घर घरमै पुगेर औषधि वितरण
सोमबार, जेठ १७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर, उपाध्यक्ष निर्मला भट्टराई, प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल, वडा सदस्यहरू, स्वाथ्यकर्मी र कर्मचारीले संक्रमितको घर–घरमा पुगेर आवश्यक औषधी र स्वास्थ्य...
धुम्रपान रहित दिवसको औचित्य
सोमबार, जेठ १७, २०७८
आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । विगतमा जनचेतनामूलक औपचारिक कार्यक्रमको आयोजना गरी नेपालमा दिवस मनाइने गरिए पनि यस वर्ष भने कोरोना महामारीका...
खत्री परिवारले गरे गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेर्स सहयोग
आइतबार, जेठ १६, २०७८
तम्घासको जिल्ला अस्पताल लाइनमा होटल व्यवसाय गर्दै आएका गंगा बहादुर खत्री र मायादेवी खत्रीले गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेर्स हस्तान्तरण गरेका छन् । अमेरिकामा रहेकी उनको नातिनी बृन्दा एच श्रेष्ठ घलेको सहयोगमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिद गरि हस्तान्तरण गरेका हुन् ।
गुल्मीमा नेविसंघले दियो सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स
आइतबार, जेठ १६, २०७८
नेपाल विद्यार्थी संघ (नेविसंघ) गुल्मीले कोभिड–१९ बिरामीहरुलाई लक्षित गरि गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
सडक अवरुद्ध हुँदा संक्रमितलाई लिन गएको टोली रोकियो
आइतबार, जेठ १६, २०७८
केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् ।
पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आईतबार मात्र १ सय ९ जना निको भए
आइतबार, जेठ १६, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । कोरोना संक्रमण कायमै रहे पनि निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।
बजेटमा पाल्पा: पुरानै आयोजनालाई निरन्तरता
आइतबार, जेठ १६, २०७८
सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सार्वजनिक गरेको छ । शनिबार अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा पाल्पामा भने पुरानै आयोजनालाई निरन्तरता दिइएको छ ।
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, दुई खर्बले बढ्यो
शनिबार, जेठ १५, २०७८
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले मजदुरका लागि राहत अभियान सञ्चालन गर्ने
शनिबार, जेठ १५, २०७८
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, गुल्मीले कोभिड–१९ पीडित मजदुर राहत अभियान सञ्चालन गर्ने भएको छ । संघका केन्द्रीय सदस्य प्रेम सुनारको प्रमुख आतिथ्यता एवं संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै जिल्ला सचिव मनु सुनार मनसुनले संघको केन्द्रीय निर्णय अनुसार जिल्ला शाखा गुल्मीले पनि सो...


