नवजनचेतना राष्ट्रिय दैनिक २०७८ जेठ १९ गते बुधबार
बुधबार, जेठ १९, २०७८
विवेकशील साझा पार्टीका नेता थापाको निधन
मंगलबार, जेठ १८, २०७८
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि मंगलबार अपरान्ह ४.२५ मा निधन भएको हो ।
पत्रकार महासंघ पाल्पालाई स्वास्थ्य सामग्री
मंगलबार, जेठ १८, २०७८
नेपाल पत्रकार महासंघ पाल्पालाई अमेरीकामा रहेका नेपालीहरुको संस्था टेक्सस नेप्लीज मेडिकल एसोसियसनले पठाएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
महिला नेतृ पन्थीद्वारा स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग
मंगलबार, जेठ १८, २०७८
महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी छन् । उनले जिल्लाका स्थानीय तहमा रहेका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री र पौष्टिक आहार सहयोग गरेकी हुन् ।
पाल्पा कोरोना अपडेट : मंगलबार थप १ सय ५५ संक्रमित कोरोनामुक्त
मंगलबार, जेठ १८, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ मंगलबार मात्र जिल्लामा १ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
कोरोना जितेका पन्थीले भने ‘पुनर्जीवन पाएको अनुभूती गरेको छु’
सोमबार, जेठ १७, २०७८
नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी झण्डै एक महिनाको होम आइसोलेसनको बसाईपछि कोरोनामुक्त भएका छन्। विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस संक्रमणबाट पन्थी पनि अछुतो रहेनन् ।
पाल्पा कोरोना अपडेट : सोमबार थप १ सय ८८ संक्रमितले कोरोना जिते
सोमबार, जेठ १७, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ कोरोना संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।
पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?
सोमबार, जेठ १७, २०७८
आर्थिक वर्षका २०७८/७९ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोड ५३ लाख बजेट परेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा यहाँका २२ वटै पालिकामा ८ अर्ब १६ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी
सोमबार, जेठ १७, २०७८
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङमा भएको उपनिर्वानमा काँग्रेसका उम्मेदवार पाण्डेयले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई हराउदै विजयी भएका हुन् ।
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन जेठ १९ मा
सोमबार, जेठ १७, २०७८
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।


