नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
मंगलबार, जेठ २५, २०७८
पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्न हेफरले दियो १ करोड ४९ लाख
सोमबार, जेठ २४, २०७८
हेफर ईन्टरनेशनल नेपालले कोभिड विरुद्ध लड्नको लागि पाल्पाका १० वटा स्थानीयतहलाई १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको छ । स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि हेफरले पाल्पाका स्थानीयतहहरुमा सहयोग रकम प्रदान गरेको हो ।
नेता भण्डारीको पहलमा, पिडामा मल्हम लगाउँदै गुल्मी काँग्रेस
सोमबार, जेठ २४, २०७८
नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनताको सुखदुःखमा सधै सारथी बन्ने गरेको छ । आपत विपद्मा काँग्रेस गाउँ गएन भने कहिले काँग्रेस आउँछ र सबैको मुहार हंसिलो हुन्छ भन्ने वातावरण सिर्जना भएको...
रोगसँगै भोकको चिन्ता : राहत वितरणमा छैन स्थानीय सरकारको ध्यान
सोमबार, जेठ २४, २०७८
कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा जारी छ । यसले विपन्न र श्रमिक वर्गलाई सबैभन्दा बढी प्रभावित पारेको छ । दैनिक कमाउँदै खाँदै गर्नेको चुलो अब निभेको छ । कामका अवसर बन्द भएका छन् । गरेर खान बाहिर निस्कन सरकारले छेकेको छ । सरकारको बाध्यता हो– संक्रामक रोगबाट आमनागरिकलाई...
पाल्पा कोरोना अपडेट : निको हुने संक्रमितको ग्राफ बढ्दै,संक्रमण घट्दै
सोमबार, जेठ २४, २०७८
कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत वैशाखमा एका एक उकालो लागेको कोरोना संक्रमणको ग्राफ जेठ पहिलो सातादेखि भने ओरालो लाग्ने क्रममा छ ।
गुल्मीका स्थानीय तह र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
सोमबार, जेठ २४, २०७८
जिल्लाका स्थानीय तह र अस्पतालहरुलाई विभिन्न संघसंस्था र व्यक्तिहरुद्वारा कन्सन्ट्रेटर्स सहयोग भएको छ । क्रिटिकल केयर र डाँफे फाउन्डेसनले यहाँका स्थानीय तह र सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स मेसिन सहयोग गरेका हुन् ।
बगनासकालीका सबै वडाहरुमा खोप केन्द्र
सोमबार, जेठ २४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाका सबै वडाका खोप केन्द्र सञ्चालन गरिएको छ । यहि जेठ २५ र २६ गते सञ्चालन हुने कोरोना विरुद्धको खोपका लागि बगनासकालीले ९ वटै वडाहरुमा खोप केन्द्र सञ्चालन गरेको हो ।
माथागढीले सबै वडामा खोप केन्द्र सञ्चालन गर्दै
सोमबार, जेठ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले सबै वडामा कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै वडालाई पत्राचार गर्दै खोप केन्द्रका लागि समन्वय गर्न भनेको छ ।
गाउँ शिक्षा समितिको बैंठक, यस्ता छन् निर्णय
सोमबार, जेठ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठक बसेको छ । संघीय सरकारद्वारा विनियोजन गरिएको सशर्त अनुदान तर्फको रकम शिक्षा क्षेत्रको कुन क्षेत्रमा छुट्याउने भन्ने विषयमा बैठक बसेको हो ।


