Shittalpati
सिंगो लुम्बिनीलाई काँग्रेसमय बनाउँछौं : सभापति पुन
सिंगो लुम्बिनीलाई काँग्रेसमय बनाउँछौं : सभापति पुन नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुनले सिंगो लुम्बिनी प्रदेशलाई काँग्रेसमय बनाउने बताएका छन् । मंगलबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले काँग्रेसको संगठनलाई थप सशक्त बनाई लुम्बिनीमा काँग्रेसमय बनाउने बताएका हुन् ।
गुल्मीमा एसका नेता एमालेमा प्रवेश
गुल्मीमा एसका नेता एमालेमा प्रवेश जिल्लामा नेकपा एकीकृत समाजवादी (एस) धुर्कोट गाउँपालिका उपाध्यक्ष एमाले प्रवेश गरेका छन् । समाजवादी प्रति असन्तुष्टि जनाउदै एसका नेता भेष बहादुर घर्ती नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार भन्छन्– ‘जनताको आवाज बुलन्द गर्न मत दिनुहोस्’
राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार भन्छन्– ‘जनताको आवाज बुलन्द गर्न मत दिनुहोस्’ राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुले जनताको आवाज बुलन्द गर्न आफुहरुलाई मत दिन मतदाताहरुसँग आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीन जना उम्मेदवारहरुले सोमबार तानसेनमा मतदाताहरुसँगको परिचयात्मक कार्यक्रममा जनताको आवाज बुलन्द गर्न आफुलाई मत दिन आग्रह गरेका हुन् ।
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनत अनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पा लगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।
स्वस्थानी व्रत–कथाको सन्देश
स्वस्थानी व्रत–कथाको सन्देश यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान सोमबारदेखि शुरु भएको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ ।
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन गुल्मीको इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस इस्मा गाउँपालिकाले बिरोध गरेको छ । सोमबार गाउँपालिकाको कार्यालय नजिकै रहेको स्वास्थ्यचौकीको हलमा गाउँसभा चलिरहेकै समयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले सोही हलबाहिर बिरोध कार्यक्रम गरेको हो ।
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानासँग नेपाली काँग्रेस गुल्मीले छलफल गरेको छ ।
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् । सोमबार विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गुल्मी आएका मन्त्री रानाले निर्माणधिन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा जानकारी लिन समग्र गुल्मी अस्पतालको अनुगमन गरेका हुन् ।
स्वस्थानी व्रतकथा आजदेखि सुरु
स्वस्थानी व्रतकथा आजदेखि सुरु पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको आजदेखि घर–घरमा पूजा र व्रत बसी यो पर्व मनाउन लागिएको हो । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमादेखि...
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ खल्ती प्रयोगकर्ताहरुका लागि वल्र्डलिंकको फ्रि वाइफाइ सुविधान ल्याइएको छ । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर अन्तर्गत फ्रि वाइफाई सविधा ल्याइएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले वल्र्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
Weather Update