नवजनचेतना राष्ट्रिय दैनिक २०७८ चैत १५ गते मंगलबार
मंगलबार, चैत १५, २०७८
निजामती सेवा व्यवस्थापनमा सरकार गम्भीर नभएको भन्दै युनियनको ध्यानाकर्षण
सोमबार, चैत १४, २०७८
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेपाल निजामती कर्मचारी युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
थप २१ जनामा कोरोना
सोमबार, चैत १४, २०७८
नेपालमा सोमबार थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशका विभिन्न स्थानमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा थप २१ जनामा संक्रमण देखिएको हो ।
टी–२० सिरिजमा नेपालको विजयी
सोमबार, चैत १४, २०७८
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार पपुवा न्युगिनी(पीएनजी)सँग भएको खेलमा नेपाल विजयी भएको छ । टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो ।
पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय मतदाता
सोमबार, चैत १४, २०७८
पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय ६६ मतदाता रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाल्पा र गुल्मीमा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४ लाख २३ हजार ९ सय ६६ मतदाता कायम गरिएको हो । आयोगले आइतबार अन्तिम मतदाता...
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल
सोमबार, चैत १४, २०७८
हात खुट्टा नभएका व्यक्तिले जीवनमा केही गर्न सक्दैनन्, उनीहरु परनिर्भर भएर बाच्नु पर्छ र समाजका बोझ हुन् भन्ने सोँच अझै पनि नेपाली समाजमा छ । तर गुल्मी मुसिकोटका एक युवकले भने समाजको साेंचलाई चिर्दै अपाङ्गता भएका व्यक्तिहरुमा पनि अद्भूत क्षमता र ज्ञान हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् ।
नेपाललाई ११ अर्ब ४० करोड चिनियाँ सहयोग
सोमबार, चैत १४, २०७८
चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।
पर्यटन विस्तारमा जोड देऊ
सोमबार, चैत १४, २०७८
कोरोना महामारीका कारण नराम्ररी थलिएको देशको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीले गाजेको पर्यटन क्षेत्रमा अहिले केही सकारात्मक संकेतहरु देखिन थालेका छन् । विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा अहिले बिस्तारै चहलपहल देखिन थालेको छ ।
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
आइतबार, चैत १३, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकाका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । नगरभित्र स्वास्थ्य सेवाको पहँुच बढाउन नगर सरकारले वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
पाल्पा र गुल्मीमा पनि तोकिए निर्वाचन अधिकृत
आइतबार, चैत १३, २०७८
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पा, गुल्मी सहित देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले पाल्पाका १०...
नेपाल पेमेन्ट सोलुसन र गरिमा बैंकबीच सम्झौता
आइतबार, चैत १३, २०७८
नेपाल पेमेन्ट सोलुसन र गरिमा विकास बैंक बिच सम्झौता भएको छ । डिजिटल इकोसिस्टम विस्तार गर्न सोलुसन र बैंकबिच सहकार्यको लागि सम्झौता भएको हो । नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र...


