माडी चक्रपथलाई व्यवसायिक र आर्थिक रुपमा विकास गर्छौं : गठबन्धन उम्मेदवार
शुक्रबार, कात्तिक २५, २०७९
चितुवाको आक्रमणबाट तीन घाइते
शुक्रबार, कात्तिक २५, २०७९
चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् ।
चुनावले पेट्रोलको खपत वृद्वि
शुक्रबार, कात्तिक २५, २०७९
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै पेट्रोलको खपतमा समेत वृद्धि भएको छ । चुनाव प्रचारका क्रममा सवारी साधनको प्रयोग बढेकाले पेट्रोलियमको खपत वृद्धि भएको हो । सामान्य अवस्थाभन्दा चुनावको बेला पेट्रोलियमको खपत बढ्ने गर्छ ।
चुनावमा जित्ने आशमा उठेका उम्मेदवारले बुताले भ्याएसम्म खर्च गर्छन् ...
गुल्मीको दिगाममा सधैंको समस्या : सडक, बिजुली र खानेपानी
शुक्रबार, कात्तिक २५, २०७९
गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले त्यहाँ कुनै नयाँ कुरा सुनेन्, नेताहरूको उही पुरानै भाषणले उनलाई वाक्क लाग्यो ...
घोषणापत्र कार्यान्वयनका लागि कि, घोषणा गर्न ?
शुक्रबार, कात्तिक २५, २०७९
विशेषतः २०७९ चुनावी वर्ष बन्यो । गत वैशाखमा स्थानीय तहको निर्वाचनपछि देश अहिले प्रदेश र संघीय निर्वाचनमा होमिएको छ । राजनीतिक दल र तिनका उम्मेदवारहरु जनतालाई आ–आफ्नो पक्षमा पार्न तछाड मछाड गरिरहेका छन् । अहिले उनीहरु मतदाताको घरदैलो, खेत बारीमै पुगेर मत मागिरहेका छन् ।
नियमित विपत्ति
शुक्रबार, कात्तिक २५, २०७९
यतिबेला नेपाल निर्वाचनको चटारोमा छ । सरकार, राजनीतिक दल र आम नागरिकको ध्यान पनि मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा छ । यसो हुनु स्वाभाविक पनि हो । निर्वाचन जनताका लागि हो । यो निर्वाचन आफ्ना प्रतिनिधि आफै चुन्ने अवसर पनि हो ।
पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो
बिहीबार, कात्तिक २४, २०७९
नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहा सहितको टोलीले रम्भा गाउँपालिकाका विभिन्न वडामा घरदैलो सहित ठाउँ–ठाउँमा चुनावी सभा गरेको छ । प्रचार प्रसार संगै फक्सिङ्गकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार गाहाले परिवर्तनसंगै पाल्पाको क्षेत्र नं. १ को समग्र विकासको लागि...
तानसेनको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउँछौं : गठबन्धन उम्मेदवार
बिहीबार, कात्तिक २४, २०७९
पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले तानसेन नगरपालिका –१० तेल्घामा रहेको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका छन् । उनीहरुले विहीबार तेल्घामा युवा भेला तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गुफाचौर आफैमा धार्मिक तथा पर्यटकीयस्थल भएकाले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले त्यसको गुुरु योजना बनाएर धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका...
शाइन रेसुङ्गा बैंक तानसेनद्वारा वृक्षारोपण
बिहीबार, कात्तिक २४, २०७९
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तानसेन शाखाले जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा वृक्षारोपण गरेको छ । बैंकले आफ्नो १४ औं वार्षिक उत्सव तथा सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत हुुँगीस्थित जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको हो ।
वित्तिय कारोवारसँगै सामाजिक कार्यमा उल्लेखीय काम गर्दै आएको बैंकले फलफूल तथा अन्य वनस्पतीजन्य एक सय विरुवाहरु...
‘एमालेले ल्याएका योजना सफल पार्न लाग्छौं’
बिहीबार, कात्तिक २४, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नं १ का उम्मेदवारले एमाले सरकारका पालामा ल्याइएका योजनाहरु सफल पार्न आफुुहरु लाग्ने बताएका छन् । उनीहरुले मतदाताहरुको घर–घरमा पुुगेर एमालेले ल्याएका योजनाहरुको विषयमा जानकारी गराउँदै ति योजना सफल पार्ने बताएका हुन् ।
पाल्पामा ठूला दललाई साना दल र स्वतन्त्रको भय
बिहीबार, कात्तिक २४, २०७९
मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल अहिले सबैतिर छाएको छ । ५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसद् पठाउने भएकाले पनि यसको प्रभाव बढी छ । यतिबेला निर्वाचनको माहोलले पाल्पा पुरै तातेको छ ।
प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्दै
बिहीबार, कात्तिक २४, २०७९
प्रभु बैंकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १ सय ९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।


