एमालेलाई कमजोर बनाउने खेल भएको छ : अध्यक्ष ओली
मंगलबार, चैत १४, २०७९
स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
मंगलबार, चैत १४, २०७९
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।
पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग
मंगलबार, चैत १४, २०७९
कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ ।
रामपुरका महिलालाई चप्पल बनाउने तालिम
मंगलबार, चैत १४, २०७९
जिल्लाको रामपुरका महिलाहरुलाई चप्पल बनाउने सीप विकास तालिम दिइएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका वडा ९ मा ६ दिने चप्पल बनाउने सीप विकास तालिम दिइएको हो ।
रू एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी
मंगलबार, चैत १४, २०७९
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक रू एक लाखसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न भनेको हो ।
लुम्बिनी प्रदेशमा मुुख्यमन्त्रीलाई राजीनामा दिन दवाब
मंगलबार, चैत १४, २०७९
केन्द्रमा फेरिएको सत्तासमीकरणको असर लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ । यहाँ एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । अहिले प्रदेश सरकारको नेतृत्व गरेका एमाले नेता तथा मुख्यमन्त्री लिला गिरीलाई राजीनामा दिन दवाब समेत परेको छ ।
असारेका जनताको घर–घरमा खानेपानीको धारा
मंगलबार, चैत १४, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ असारेका जनताले घर–घरमै खानेपानीको सुविधा पाएका छन् । दैनिक एक घण्टा लगाएर खोलामा पानी बोक्न जानु पर्ने बाध्यता असारेका जनतालाई हटेको छ । गाउँमा तल्लो र उपल्लो असारे लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछी जनताले घर–घरमै खानेपानीको धारा पाएका हुन् ।
आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’
मंगलबार, चैत १४, २०७९
स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाÞय पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो ।
आज एमाले अध्यक्ष ओली तानसेन आउँदै
मंगलबार, चैत १४, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज तानसेनको दमकडामा आउने जनाइएको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरी वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली दमकडा आउन लागेका हुन् ।
विश्व बैंकले गर्यो शिक्षामा सहयोग
मंगलबार, चैत १४, २०७९
विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा आर्थिक सहयोग गरेको छ । उसले सरकारी स्कुलको शैक्षिक क्षेत्र सुधारका लागि १५ अर्ब ६० करोड रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहयोग गरेको हो । नेपालको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप बैंकले अनुदान स्वीकृत गरेको जनाएको छ ।
स्वस्थ रहन योग
मंगलबार, चैत १४, २०७९
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण पनि हो । मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ ।
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
सोमबार, चैत १३, २०७९
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ ।

