लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
मंगलबार, भदौ ४, २०८१
तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर)
मंगलबार, भदौ ४, २०८१
पाल्पाको तानसेनमा आज गाईजात्राको रौनक देखिएको छ । दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइएको हो ।
नेपालमा टिकटक खुलाउने तयारी
मंगलबार, भदौ ४, २०८१
नेपालमा सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । साउन ७ गते लुम्बिनी प्रदेशसभामा दुई ठूला दल एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत लिन थालेका हुन् ।
आज गाईजात्रा पर्व मनाइँदै, तानसेनमा स्थानीय बिदा
मंगलबार, भदौ ४, २०८१
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी पाल्पासहित देशभर मनाइँदै छ । नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ ।
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
मंगलबार, भदौ ४, २०८१
ही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थियो ।
माथागढी गाउँपालिकामा आर्थिक अनियमितता : औषधि खरिददेखि तलव, भ्रमण भत्तामै मनलागी खर्च
सोमबार, भदौ ३, २०८१
पाल्पाको माथागढी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
सोमबार, भदौ ३, २०८१
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित
सोमबार, भदौ ३, २०८१
गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ ।
यलदेखि तानसेनसम्म मतयाको यात्रा
सोमबार, भदौ ३, २०८१
ढोकाको खापामा ढकढककोे आवाजले यस पंक्तिकारकोे लेखनमा क्रमभङ्ग हुन गयो । ढोका खोल्नतिर लागेँ । ढोका खोलेपछि ढोकाको सामुन्ने मंगल दाइ (मंगलप्रसाद बज्राचार्य, टक्सार टोल) ठिङ्ग उभिरहनु भएको थियो ।


