पाल्पामा यसरी मनाइयो रोपाइँ जात्रा
सोमबार, साउन २६, २०८२
दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा
सोमबार, साउन २६, २०८२
दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१र८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । कार्यालय प्रमुख कृष्णबहादुर विकले ३२ करोड ७३ लाख बजेमध्ये ३१ करोड ८३ लाख ५६ हजार अर्थात ९७।२७ प्रतिशत खर्च भएको जानकारी दिए ।
हराउँदै जनै बाट्ने संस्कृति : पुराना पुस्ता चिन्तित
सोमबार, साउन २६, २०८२
तानसेनका ७५ वर्षीय नरेशचन्द्र घिमिरे जनै बाट्ने संस्कृति हराउँदै गएकामा चिन्तित छन् । जनैको महत्व युवापुस्ताले नबुझ्दा संस्कृति सड्ढटमा पर्दै गएको उनको भनाइ छ ।
आज रोपाइँ जात्रा मनाइँदै
सोमबार, साउन २६, २०८२
पाल्पासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा सोमबार रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ ।
गाईजात्रा : शोक र उल्लासको संगम
सोमबार, साउन २६, २०८२
एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइने गरिन्छ । नेवार समुदायका मृतकका परिवारहरू गाईजात्रा निकाल्ने गर्दछन् । दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ ।
पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै
आइतबार, साउन २५, २०८२
नेपाल(अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ ।
पाल्पामा निकालियो गाईजात्रा : तानसेनमा सार्वजनिक विदा
आइतबार, साउन २५, २०८२
तानसेन सहित पाल्पाका विभिन्न नेवारी बस्तीहरुमा गाईजात्रा निकालिएको छ । एक बर्ष भित्र दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ । विशेषगरी नेवारी समुदायमा गाईजात्रा परम्परा चलन चल्तीमा रहेको पाईन्छ ।
मुसिकोट नगरपालिकाको गलत गतिविधिप्रति काँग्रेसको ध्यानाकर्षण
आइतबार, साउन २५, २०८२
जिल्लाको मुसिकोट नगरपालिकाको गलत गतिविधिप्रति नेपाली काँग्रेस मुसिकोट नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुसिकोटको समृद्धिमा अगाडि बढ्नु पर्ने स्थानीय सरकार गलत गतिविधितर्फ अग्रसर भएको भन्दै काँग्रेस नगर समितिले आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएको हो ।
सय वर्षमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा : योगदान गर्नेहरुलाई सम्मान
शनिबार, साउन २४, २०८२
पाल्पाको पुरानो र ऐतिहासिक श्रीनगर सिद्धि विनायक गणेशको रथ यात्राले एक सय वर्ष तय गरेको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्राले एक सय वर्ष तय गरेको हो ।
प्रेस चौतारी तानसेनको अध्यक्षमा पराजुली
शनिबार, साउन २४, २०८२
प्रेस चौतारी नेपाल तानसेन नगर कमिटी पाल्पाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पवित्रा पराजुलीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ ।
पाल्पाका मन्दिरमा जनै फेर्ने र डोरो बाध्नेको भिड
शनिबार, साउन २४, २०८२
ऋषि तर्पणी, रक्षा बन्धन तथा जनै पूर्णिमा पाल्पामा परम्परागत रुपमा मनाईएको छ ।


