नवजनचेतना राष्ट्रिय दैनिक २०७७ साउन ११ गते आइतबार
आइतबार, साउन ११, २०७७
पाल्पामा थप चार जनामा कोरोना संक्रमण
शनिबार, साउन १०, २०७७
जिल्लामा शनिबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका चार जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भारती
शनिबार, साउन १०, २०७७
रोट्याक्ट क्लव अफ पाल्पा तानसेनमा नयाँ नेतृत्व आएको छ । सामाजिक अभियान्ता विनोद भारतीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार तानसेनमा एक कार्यक्रमका बिच भारतीको अध्यक्षतामा वर्ष २०२०/०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ ।
प्रेस युनियन पाल्पाद्वारा पत्रकारलाई ज्याकेट
शनिबार, साउन १०, २०७७
नेपाल प्रेस युनियन पाल्पा शाखाले युनियनमा आवद्ध जिल्लाका क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको पहिचान र स्वास्थ्य सुरक्षाका लागि युनियनले प्रेस ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै
शनिबार, साउन १०, २०७७
विश्वभर फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संघ सस्थाका शाखाहरु अबदेखि नियमित खुल्ने भएका छन् । लकडाउनका कारण सञ्चालन हुन नसकेका केही बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ने भएका हुन् ।
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ
शनिबार, साउन १०, २०७७
लामो समयको कोभिड–१९को महामारीका कारण प्रभावित विद्यार्थीहरुलाई मध्यनजर गर्दै तानसेन नगरपालिका–९ दमकडामा रहेको दमकडा माविले टोल–टोलमै पुगेर विद्यार्थीहरुलाई शिक्षण सिकाइ सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन विषय शिक्षकहरुको सक्रियतामा शिक्षण कार्यलाई अगाडि बढाएको हो ।
नाग पञ्चमी र परम्परा
शनिबार, साउन १०, २०७७
घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै आज नाग पञ्चमी देशभर मनाइँदै छ । यसदिन विशेषगरी नवनाग अनन्त, वासुकी, शेष, पद्यनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रङ्ग प्रयोग गरी बनाइएको...
नेपालको प्राकृतिक सौन्दर्य र गौरवमय राष्ट्रियता
शनिबार, साउन १०, २०७७
नेपाल एक प्राकृतिक रूपमा संसारकै एउटा सुन्दर देश हो भन्ने कुरा कसैले नकार्न सक्दैन । जहाँ मनै लोभ्याउने, मानिसहरूको मननै तर·ित गराउने प्राकृृतिक छटा त छ नै, त्यसैमा बाह्रैमासे हिउँ परिरहने अनि तापक्रम सधै शून्य डिग्रीभन्दा तलै रहने र सधै हाँसिरहने संसारकै उच्च हिमालहरूदेखि कहिले पनि १० डिग्री तापक्रम भन्दा...
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा
शुक्रबार, साउन ९, २०७७
न्यायको माग गर्दै नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल महिला संघ गुल्मी आन्दोलनमा उत्रिएको छ । सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भइ काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
दुर्लभ प्रजातिको अजिङ्गर फेला
शुक्रबार, साउन ९, २०७७
स्याङ्जाको चापाकोट नगरपालिका १० मा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए ।
तानसेनमा सहकारी सञ्जाल : अभियान तिव्र
शुक्रबार, साउन ९, २०७७
सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवद्र्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा यसलाई एउटा व्यावसायिक कौशलको रूपमा पनि लिइन्छ । ‘एकका लागि सबै र सवैका लागि एक’ भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक...
ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु
शुक्रबार, साउन ९, २०७७
स्याङ्जाको कालिगण्डकी गाउँपालिका-१ मा ट्यााक्टरको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । वडा १ को ठाटि भञ्ज्याङमा रोकि राखेको ट्याक्टर अचानक गुड्न गई स्थानीय ७७ वर्षिय कृष्ण कुमारी रेश्मीलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाइते भएकी रेश्मीलाई उपचारका लागि तानसेन स्थित मिसन अस्पतालमा ल्याइदै गर्दा ज्यान गएको पारिवारीक स्रोतले...


