Shittalpati
भारतमा एकैदिन ५७ हजार संक्रमित
भारतमा एकैदिन ५७ हजार संक्रमित भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
गुल्मीमा पहिरो : एकै घरका चार जनाको ज्यान गयो
गुल्मीमा पहिरो : एकै घरका चार जनाको ज्यान गयो गुल्मीको रुरु क्षेत्रमा पहिरोमा परी एकै घरका चार जनाको ज्यान गएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ आँटीपाटा भोटे गाउँमा शुक्रबार साँझ गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको हो ।
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय १५ जना संक्रमित...
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क (उद्यान) मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेको अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा...
स्तनपान दिवस र यसको महत्व
स्तनपान दिवस र यसको महत्व यस वर्षको स्तनपान दिवस अगस्तको १ देखि ७ सम्म (साउन १७ देखि २३) सम्म ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ नाराको साथ मनाइँदै छ । ‘स्तनपान अमृत सम्मान’ भन्ने भनाई त हामीले सुन्दै आएका छौं ।
स्तनपान सुनिश्चित गरौं
स्तनपान सुनिश्चित गरौं आज अगष्ट एक तारिख, विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदै छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।
गुल्मीमा पहिरो :एकै घरका चार जनाको ज्यान गयो
गुल्मीमा पहिरो :एकै घरका चार जनाको ज्यान गयो जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो गएको छ । शुक्रबार परेको वर्षाका कारण पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको वडा अध्यक्ष हरी ज्ञवालीले जानकारी दिए ।
नदीले बगाउँदा दुई जना बेपत्ता
नदीले बगाउँदा दुई जना बेपत्ता रुपन्देहीमा तिनाउ नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा दुई जना वेपत्ता भएका हुन् ।
Weather Update