नवजनचेतना राष्ट्रिय दैनिक २०७७ माघ ५ गते सोमबार
सोमबार, माघ ५, २०७७
बाख्रा फर्ममा आगलागी हुँदा ठूलो क्षति ब्यहोरेका गुल्मीका शाहलाई काँग्रेसले गर्यो आर्थिक सहयोग
आइतबार, माघ ४, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहिबार अज्ञात समूहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगलागीका कारण फर्ममा रहेका २५ बाख्रा शाहले गुमाउनु परेको थियो ।
पाल्पा अस्पतालका अध्यक्ष पाण्डेलाई कोरोना
आइतबार, माघ ४, २०७७
पाल्पा अस्पतालका अध्यक्ष तथा नेकपा पाल्पाका नेता नेत्रप्रसाद पाण्डेलाई कोरोना पोजेटिभ देखिएको छ । गत सातादेखि स्वास्थ्यमा समस्यादेखि आराम गरिरहेका पाण्डेको शनिवार तानसेनस्थित कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ ।
नेपालमा २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज
आइतबार, माघ ४, २०७७
नेपालमा आइतबार २ सय ६६ जनामा कोरोना हुँदा ४ सय डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ सय जना डिस्चार्ज भएका हुन् ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
आइतबार, माघ ४, २०७७
मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
गुल्मीमा ४५ वर्षीय पुरुष मृत भेटिए
आइतबार, माघ ४, २०७७
जिल्लाको गुल्मीदरवार गाउँपालिका–१ बरेवाखोलामा ४५ वर्षीय एक पुरुष मृत भेटिएका छन् । रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ४५ वर्षीय तुलबहादुर विक आइतबार मृत भेटिएका हुन् ।
कोरोना : विदेशमा ३ सय १९ नेपालीको निधन
आइतबार, माघ ४, २०७७
कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३ सय १९ को निधन भएको छ ।
के गर्दै होलान् भुजी किनारका बाढीपीडित
आइतबार, माघ ४, २०७७
गत वर्षात्मा बितण्डा मच्चाएको भुजीखोला मध्य हिउँदमा शान्त छ । गड्गडाउँदै बग्ने खोला यतिबेला सुस्ताइरहेको छ । अपशोच, भुजी किनारका बासिन्दा भने अहिले पनि बेचैनीमा छन्, मनमा परेको बज्रको ज्वाला अझै निभेको छैन । गत भदौ १७ को मध्यरात ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीको घटना कतिले बिर्सिसके ।
नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : पोखरेल
आइतबार, माघ ४, २०७७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन् । उनले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताएका हुन् । नेकपा अर्घाखाँचीले सन्धिखर्कमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा संघीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट...
सेनेटरी प्याड पाएपछि छात्राहरु नियमित विद्यालय
आइतबार, माघ ४, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले निःशुल्क सेनेटरी प्याड वितरण गरेपछि छात्राहरु नियमित विद्यालय आउन थालेका छन् । महिनावारी हुँदा शारीरिक समस्या हुने र पठनपाठनमै समस्या हुने गरेपछि महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने,आएपनि कक्षा छाडेर घर फर्कने छात्राहरु अहिले भने नियिमत विद्यालय जान थालेका हुन् ।
मुद्दा फैसला कहिले होला ?
आइतबार, माघ ४, २०७७
काम चलाउ सरकारको जिर्ण शरीर बोकेर उभिएका प्रधानमन्त्रीका दासत्व स्विकार गरेका हनुमानमार्फत प्रश्न सोध्न मन लाग्यो कि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको मुद्दा कहिले किनारा लाग्दछ ? सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मोल मोलाई गरेको अडियो प्रकरण सहित सार्वजनिक गरेको महिनौ भयो । उनको मुद्दाको प्रकरण कहाँ पुग्यो ?...
गंगामायाको न्यायप्रति उदासिन सरकार
आइतबार, माघ ४, २०७७
छोराको हत्यारा पत्ता लगाउन भन्दै अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको अवस्था झन् जटिल बन्दै गएको छ । उनका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले अपहरणपश्चात् २०६१ जेठ २४ गते यातना दिएर हत्या गरेका थिए ।


