ट्राफिक नियम उलङघन गर्ने चालक धमाधम कारवाहीमा
सोमबार, चैत १३, २०७९
तानसेनको शितलपाटीमा जिप दुर्घटना
आइतबार, चैत १२, २०७९
जिल्लाको सदरमुुकाम तानसेनस्थित शितपाटी नजिकै जिप दुर्घटना भएको छ । आइतबार साँझा कोक, स्प्राईट जस्ता पेयपदार्थ बोकेको लुु १ च ७७६२ नम्वरको पिकप जिप शितलपाटी माथिको आरोलोमा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, चैत १०, २०७९
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
तानसेनमा बेवारिसे व्यक्तिको मृत्यु
बुधबार, चैत ८, २०७९
जिल्लाको तानसेनमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ भूषालडाँडास्थित सडक किनारमा बोल्न नसक्ने अवस्थामा फेला परेको करिब ५५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
सिलिण्डर बोकेको ट्रक दुर्घटना : चालकसहित तीनजनाको मृत्यु
बुधबार, चैत ८, २०७९
नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक बुधबार बिहान दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो ।
पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, चैत ५, २०७९
जिल्लाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । यहाँको रिब्दीकोट गाउँपालिका –२ मसारस्थित हार्थोक –सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिदां पैदलयात्री मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्युु भएको हो ।
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, फागुन २८, २०७९
जिल्लाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज विहान माथागढी गाउँपालिका–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
आजदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा खुल्ने
आइतबार, फागुन २१, २०७९
दैनिक चार घण्टा बन्द हुदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि भने पूर्ण रुपमा खुल्ने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो...
चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुने
मंगलबार, फागुन १६, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका अन्तर्गत पर्ने चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुुने भएको छ । चिलाङ्गदीदेखि बगनासडाँडासम्मको सडकमा पिच तथा ढलान निर्माणको कार्य भइरहेकाले यही फागुन १८ गतेदेखि चैत्र ३० गतेसम्म सडक बन्द गरिने भएको हो ।
सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन
आइतबार, फागुन १४, २०७९
बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।
सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने
मंगलबार, फागुन ९, २०७९
सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।
ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु
सोमबार, फागुन ८, २०७९
स्याङजाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ । जगत भङज्याङबाट मिर्दीतर्फ ढुङगा लिएर आउँदै गरेको ग. १ त. ६८८६ नं.को ट्याक्टर आइतबार राती आफै अनियन्त्रित भई दुर्घटना हुुँदा चालक र सह–चालकको मृत्युु भएको हो ।
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
शनिबार, माघ २८, २०७९
पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु २ त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

