रुकुम र मकवानपुरमा भएका बस दुर्घटनामा १२ जनाको ज्यान गयो
बिहीबार, असोज ६, २०७९

सुदूरमा पहिरो र डुबान : अछामको पहिरोमा मृत्यु हुनेको संख्या १७ पुुयो
शनिबार, असोज १, २०७९
लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।

अछाममा पहिरोमा परी नौको मृत्यु, सात बेपत्ता
शनिबार, असोज १, २०७९
अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन् । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ ।

पाल्पा–बुटवल सडक : गाडी सञ्चालनमा मुस्किल
शुक्रबार, भदौ १७, २०७९
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलास्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासिए पछि गाडी सञ्चालनमा मुस्किल परेको छ । बिहीबार निरन्तरको वर्षापछि भासिएको सडकमा माथिबाट पहिलो खसिरहेपछि गाडी सञ्चालनमा मुस्किल परेको हो ।

सिद्धार्थ राजमार्गको सडक भासियो
बिहीबार, भदौ १६, २०७९
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला स्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासिएको छ । विहीबार निरन्तरको वर्षापछि यहाँको ४० मिटर सडकको अधिकांश भाग सडक भासिएको हो ।

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
आइतबार, साउन २२, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।

एक वर्षमा दश किलोमिटर सडक कालोपत्रे
शुक्रबार, साउन २०, २०७९
गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३ सय ५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन् ।

सदरमुकामको सडक स्तरोन्नति गर्ने काम अधुरै
सोमबार, साउन १६, २०७९
गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकाले डेढ वर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको मर्मत गरे पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवं बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ वर्ष नहुँदै सडक भत्किएको छ ।

प्यूठानमा जिप दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते
शनिबार, साउन १४, २०७९
प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ । शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु
शनिबार, साउन १४, २०७९
एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका...

बसमा आगलागी हुँदा ३३ यात्रु घाइते
बुधबार, साउन ११, २०७९
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् ।

पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)
सोमबार, साउन ९, २०७९
पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका – २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।

पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट)
आइतबार, साउन ८, २०७९
पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।