सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा
मंगलबार, पुस १९, २०७९
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु
सोमबार, पुस ११, २०७९
जिल्लाको निस्दी गाउँपालिका–७ पिपेण्डीस्थित सर्वोतम चुनढुङ्गाखानी नजिकै टिपरले किच्दा सहचालकको मृत्यु भएको छ । सोमबार विहान हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको...
पाल्पामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
शनिबार, मंसिर २४, २०७९
पाल्पामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका –३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार साँझा कार र मोटरसाइकल ठोक्किएका थिए ।
तानसेन–रिडी सडक खण्ड पन्ध्र दिनका लागि बन्द
बिहीबार, मंसिर २२, २०७९
तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा सकड चौडा पार्ने कार्य भइरहेकाले विहीबारदेखि सडक बन्द गरिएको हो ।
टिपर दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, मंसिर २०, २०७९
नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते
शनिबार, मंसिर १७, २०७९
धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला
बुधबार, मंसिर १४, २०७९
जिल्लाका विभिन्न क्षेत्रमा दुई बेवारिसे शव फेला परेका छन् । यहाँको बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टा–छुट्टै स्थानमा बेवारिसे शव फेला परेका हुन् ।
गुल्मीको सत्यवतीमा जिप दुर्घटना, ५ को मृत्यु, ४ जना घाइते
बुधबार, मंसिर ७, २०७९
ल्मीको सत्यवतीमा गाउँपालिका– ३, ठूलोलुम्पेक स्थित कुडडाँडामा जिप दुर्घटना भएको छ । आज विहान ठूलोलुम्पेको गेंझाबाट कुडडाँडातर्फ जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना भएको हो ।
बैतडी जिप दुर्घटना, चार प्रहरीको मृत्यु
सोमबार, मंसिर ५, २०७९
बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनाम परी चार जना प्रहरीको मृत्युभएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो...
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मंगलबार, कात्तिक २२, २०७९
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु
शुक्रबार, कात्तिक १८, २०७९
पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक चापकोट नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, कात्तिक १३, २०७९
गुल्मीमा जिप दुर्घटना भएको छ । आइतबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जिप सत्यवती गाउँपालिका –६ स्थित उल्लिखोला र खैरेनी बिच बोटेगाउँमा दुर्घटना भएको हो । जिप सडकमा पल्टिएको छ ।
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु
आइतबार, कात्तिक १३, २०७९
जिल्लाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको ज्यान गएको छ । गत विहीबार रामपुर नगरपालिका–६ तालपोखरास्थित भित्री पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तिलकपुरका २२ वर्षीय दानबहादुर कुमालको आइतबार विहान मृत्यु भएको हो ।


