फरार अभियुक्त पक्राउ
बुधबार, असोज ७, २०७७
खोलाले बगाउँदा मृत्यु
मंगलबार, असोज ६, २०७७
यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।
पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०७७
आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक...
बुर्तिबाङमा पुग्यो बिजुली
आइतबार, असोज ४, २०७७
स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो ।
‘संविधान सहमतिको दस्तावेज’
आइतबार, असोज ४, २०७७
मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् ।
भर्चुअल माध्यमबाट विद्यालय संवाद
शनिबार, असोज ३, २०७७
कोरोना माहमारीका बिच भर्चुअल माध्यमबाट तानसेनमा विद्यालय संवाद कार्यक्रम भएको छ । दमकडा माध्यमिक विद्यालय तानसेनले स्थापनाको ६४ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल साँझा संवाद कार्यक्रम आयोजना गरेको हो ।
संविधानको उपहास, जनतामा निरासै–निरास
शनिबार, असोज ३, २०७७
संविधान सभाबाट निर्मित वर्तमान संविधानले पाँच वर्ष पूरा गरेको छ । पाँच वर्षअघि आजकै दिन नेपालको संविधान निर्माण भएको थियो । सात दशक अघिदेखि जनताले लामो प्रतिक्षा र पटक–पटकको संघर्षपछि प्राप्त गरेको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरेका थिए ।
पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका
शुक्रबार, असोज २, २०७७
पाल्पाको निस्दी गाउँपालिका १ बुद्धि विकास आधारभूत विद्यालय बाकामलाङ्गका बालबालिकाहरु पढेर घर फर्कर्दै ।
भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता
बिहीबार, असोज १, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका बिच दमकडा माध्यमिक विद्यालय तानसेनले भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता गरेको छ । विद्यालयले आफ्नो स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा भर्चुअलबाटै कविता प्रतियोगिता गरेको हो ।
पाल्पामा पनि बाल दिवसमा भर्चुअल बहस
सोमबार, भदौ २९, २०७७
‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ भर्चुअलरुपमा देशैभर मनाइएको छ । विभिन्न संघसंस्थाहरुले दिवसका अवसरमा भर्चुअल कार्यक्रममार्फत गोष्ठी, बहसका कार्यक्रम आयोजना गरे ।
निस्दीमा ठेकेदारसँगको मिलेमतोमा नदी दोहन
आइतबार, भदौ २८, २०७७
पूर्वी पाल्पाको निस्दी गाउँपालिकाका १ को कालीगण्डकीको भोटाहाघाटमा ठेक्का सम्झौता भन्दा दश गुना बढी नदीजन्य पदार्थ निकासी पछि व्यापक आर्थिक अनियमिता भएको खुल्न आएको छ ।
आइसोलेशनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
आइतबार, भदौ २८, २०७७
कोरोना संक्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृतकका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् ।
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता
शनिबार, भदौ २७, २०७७
बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता हुने भएको छ । जिल्लाको माथागढी गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।


