अनलाइनबाट बञ्चित विद्यार्थी खुल्ला चौरमा पढ्दै
बिहीबार, असार ४, २०७७

‘सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत’
बुधबार, असार ३, २०७७
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका विभेदको अन्त्य गर्दै एकीकृत सामाजिक रुपान्तरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्ने बताए । उनले ज्येष्ठ नागरिकको...

पहिरोले स्कुल बगायो
बुधबार, असार ३, २०७७
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

अदुअआका उजूरी स्थानीय तहका बढी
मंगलबार, असार २, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका उजूरीमध्ये गुल्मीबाट सबैभन्दा बढी स्थानीय तहका विषयमा परेका छन् । आर्थिक वर्ष २०६६/०६७ मा गुल्मीबाट परेका ९७ मध्ये ३९ स्थानीय तहका उजूरी दर्ता भएको आयोगको कार्यालय बुटवलका प्रमुख भीष्कुमार भुसालले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तीन, सञ्चार तथा सूचना...

मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना
मंगलबार, असार २, २०७७
मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताए ।

माथागढी गाउँपालिकाको सातौं गाउँसभा, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा
सोमबार, असार १, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ । गाउँपालिकाको सातौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...

बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने सरोकारवालाहरुको भनाई
सोमबार, असार १, २०७७
शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरुले बन्दाबन्दीको बहानामा बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने बताएका छन् । शिक्षाको लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाले शैक्षिक क्षेत्रका सरोकारवालाहरुसंग गरेको अनलाइन (भ्रच्यूवल) शैक्षिक बहसमा उनीहरुले यस्तो बताएका हुन् ।

आजबाट दुई सिफ्टमा खुले कार्यालय
सोमबार, असार १, २०७७
आजदेखि कार्यालय दुई सिफ्टमा सञ्चालन भएका छन् । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टका लागि कार्यालय सञ्चालन भएका हुन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्था, सहकारी...

जातिय विभेदको आरोप लागेका काउछालाई धरौटीमा छोड्न अदालतको आदेश
सोमबार, असार १, २०७७
जातिय विभेदको आरोप लागेका नेत्रबहादुर काउछालाई धरौटीमा छोड्न जिल्ला अदालत गुल्मीले आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको श्रेष्तेदार उपसचिव भिमप्रसाद भुसालले बताए ।

तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग
आइतबार, जेठ ३२, २०७७
कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै आईतबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरिएको छ । स्वतःस्फुर्त रुपमा जम्मा भएका युवायुवतीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका हुन् ।

दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, जेठ ३२, २०७७
नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्लाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय विभेदको घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, दलित...

मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर
आइतबार, जेठ ३२, २०७७
रिब्दीकोट गाउँपालिका–५ ठिमुरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट साेंचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदेश ५ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले व्यावसायिक ढ·बाट मौरीपालन गर्न आधुनिक...

तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा
शनिबार, जेठ ३१, २०७७
तानसेन नगरपालिका अर्गलीस्थित रनुवामा भेटिएको अनौंठो गुफाको प्रचार –प्रसार र संरक्षणमा स्थानीय युवाहरु लागेका छन् । गुफाको प्रचार र संरक्षण गरी पर्यटकीय विकास गर्न युवाहरु सक्रिय रुपमा लागेका छन् । उनीहरुले अनौठौ गुफाको विस्तृत अध्ययन अगाडि बढाएका छन् ।