आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आइतबार, साउन २१, २०८०
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत
शनिबार, साउन २०, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानसहित पुुरस्कृत भएका छन् । नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारण सभाका अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट डा. कोइरालालाई पुुरस्कृत गरेको हो ।
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन
शनिबार, साउन २०, २०८०
पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । तानसेनमा बसेको घरजग्गा व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।
शिक्षित आमाहरू नै गराउँदैनन् स्तनपान
शनिबार, साउन २०, २०८०
रुपन्देहीको भैरहवामा कोठा भाडामा लिएर बस्दै आएकी कमला कार्की सरकारी जागिरे हुन् । उनले एक वर्ष अघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिएन । छोरी जन्मिएको दुई/तीन महिना त आफ्नै साथमा राखेर दूध खुवाईन तर तीन महिनापछि भने उनले परिवारको साथमा छोडेर अफिस जाने गर्न थालिन् ।
खानेपानीमा अत्यधिक ‘कोलीफर्म’
शनिबार, साउन २०, २०८०
स्याङ्जाका स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।
पाल्पा सबस्टेसनको आईईका लागि सार्वजनिक सुनुवाई
शुक्रबार, साउन १९, २०८०
पाल्पा सबस्टेसन तथा प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) का लागि सार्जजनिक सुनुवाई कार्यक्रम गरिएको छ । नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित आयोजनाको आईई प्रतिवेदनका लागि सरोकारवाला निकायसँग सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई गरिएको हो ।
गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला
बिहीबार, साउन १८, २०८०
जिल्लाको मालिका गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको मालिका –३ पासेखोलास्थित कच्चि सडकमा ह्वाङ्दीका ७० वर्षीय नन्दे विक विहीबार मृत फेला परेका हुन् ।
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
बिहीबार, साउन १८, २०८०
जिल्लाको मुसिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा विहीबार भिरबाट लडेर मुसिकोट–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।
कारागारका कैदी वन्दीमा ज्वरोको समस्या
बिहीबार, साउन १८, २०८०
कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो ।
खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली
बुधबार, साउन १७, २०८०
सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् ।
भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या
बुधबार, साउन १७, २०८०
नहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।
पाल्पाको रिब्दीकोटमा सुतेकै ठाउँमा मृत भेटिए ५४ वर्षीय पुरुष
बुधबार, साउन १७, २०८०
,जिल्लाको रिब्दीकोट गाउँपालिका –७ मैनादी कटहरबारीमा एक पुरुष मृत भेटिएका छन् । कटरबारीस्थित खाली गोठमा एक्लै बस्दै आएका रैनादेवी छहरा गाउँपालिका –५ अधेरी खोलाका ५४ वर्षीय नेत्रप्रसाद पराजुली सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।


