Shittalpati
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै...
आज दर खाँइदै, भोलि निराहार व्रत
आज दर खाँइदै, भोलि निराहार व्रत हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । 
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार  तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । उसले ५९ औँ बाल दिवसका अवसरमा २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६५ जिपिए र सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालका छन् । सात वर्ष विदेश बसेर फर्किएका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । 
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले शनिबार विशेष साधारण सभा गर्न लागेको छ । १९ असार २०८० मा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले विशेष साधारण सभा गर्न लागेको हो ।
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे ।
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त आग्रह गरेको हो ।
वेद माविको समिति गठनमा विवाद
वेद माविको समिति गठनमा विवाद जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित ढावखोलमा रहेको वेद माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको छ । अभिभावक भेलाबाट निर्वाचित भएका र मनोनित सदस्यको उपस्थितिबिनै नयाँ समिति गठन गरिएपछि विवाद भएको हो ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
आज राष्ट्रिय बाल दिवस मनाइँदै आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् । 
बुवाको मुहारमा खुसी हेर्ने दिन
बुवाको मुहारमा खुसी हेर्ने दिन पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । 
तानसेन बहुमुखी क्याम्पसको यात्रा ३४ वर्षमा 
तानसेन बहुमुखी क्याम्पसको यात्रा ३४ वर्षमा  तानसेन नगरपालिका–७ काजीपौवामास्थित जिल्लाको पहिलो सामुदायिक क्याम्पस  तानसेन बहुमुखी क्याम्पस ३४ वर्षको यात्रामा प्रवेश गरेको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले ३४ वर्षको यात्रा तय गरेको हो ।
Weather Update