फैसला कार्यान्वयनमा पाल्पा प्रहरीको सक्रियता
बुधबार, पुस २५, २०८०
ग्रामीण भेगका सामुदायिक विद्यालय प्रविधिमैत्री
बुधबार, पुस २५, २०८०
संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय कमजोर छन् भन्ने आम नागरिकको बुझाइ छ । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन संस्थागत विद्यालयमा नै पढाउनुपर्छ भन्ने धारणा यतिबेला सामुदायिक विद्यालयले मेटाइदिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ५२ जनाको उम्मेद्वारी
सोमबार, पुस २३, २०८०
आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो
सोमबार, पुस २३, २०८०
बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ ।
प्रहरी महानिरीक्षक कुंवरद्वारा प्रहरी कार्यालय पाल्पामा नवनिर्मित भवन उद्घाटन
आइतबार, पुस २२, २०८०
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कार्यालय पाल्पाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।
पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ विमोचन
आइतबार, पुस २२, २०८०
गुल्मीको चन्द्रकोट गाउँपालिकामा ‘हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तक विमोचन गरिएको छ । आधारभूत तह कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तकको एक औपचारिक कार्यक्रमकाबिच विच विमोचन गरिएको हो ।
पाल्पा जेसीजको अध्यक्षमा कार्की, ४३ औं पद हस्तान्तरण तथा पदस्थापना
आइतबार, पुस २२, २०८०
पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व, युवा नेता जेसीस अर्जुन कार्कीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२४ का लागि कार्कीको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।
चितवनमा चरा गणना सुरु
आइतबार, पुस २२, २०८०
चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।
एक हजार केजी गाँजासहित पक्राउ
शनिबार, पुस २१, २०८०
बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।
त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, पुस २०, २०८०
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् ।
अर्थमन्त्री महतद्वारा रामपुरमा अन्धकारमुक्ती सहकारीको रजतजयन्ती स्तम्भ अनावरण
शुक्रबार, पुस २०, २०८०
जिल्लाको रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्ती स्तम्भ अनावरण गरिएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले शुक्रबार सहकारीको रजतजयन्तीको अवसरमा निर्मित स्तम्भको अनावरण गरेका हुन् ।
गुुल्मीमा नमूना ‘संसद्’
शुक्रबार, पुस २०, २०८०
रोस्टममा सभामुख, उपसभामुख, छेउमै संसद् सचिवालयका महासचिव । अगाडिपट्टि बेञ्चमा छुट्टाछुट्टै सत्तारूढ, प्रतिपक्ष सांसद, प्रधानमन्त्री सचेतक र छेउमै मन्त्री बसेका छन् । दर्शकदीर्घा कक्षमा शिक्षक, विद्यार्थी र खचाखच अभिभावक थिए ।
सरकारबाट सहयोग नभए मिडिया हाउस बन्द हुन्छन् : पाल्पाली पत्रकार
बिहीबार, पुस १९, २०८०
पाल्पाका पत्रकारहरुले सरकारबाट पर्याप्त सहयोग नभए अधिकाश मिडिया हाउस बन्द हुने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको ३२ औ स्थापना दिवसमा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले अहिलेकै अवस्थामा सरकारले सहयोग नगर्ने हो भने मिडियाहरु बन्द हुने बताएका हुन् ।


