Shittalpati
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।
ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो
ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो माण्डव्य ऋषिको तपोभूमिको रूपमा रहेको माडीफाँटको दक्षिण दमकडामा माण्डव्य ऋषिको मन्दिर रहेको छ । जुन ३ सय ७७ वर्ष अघि स्थापना गरिएको थियो । पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाको रुपमा रहेको यो मन्दिरको प्रचार–प्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्व र इतिहास रहे पनि विगतका स्थानीय सरकार...
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतिकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । लुम्बिनीमा जन्मिएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा शनिबार लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको रथ यात्रा निकालिएको हो ।
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’ जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वर्तमान शिक्षालाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका छन् । जिल्लास्तरीय आधारभुत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख खनालले अहिलेको शिक्षा, व्यवहारिक र जीवनउपयोगी नभएको भन्दै अब त्यसलाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका हुन् ।
प्रहरीका लेखापाल घुससहित पक्राउ
प्रहरीका लेखापाल घुससहित पक्राउ नेपाल प्रहरीका नायव निरीक्षक (सई)घुससहित पक्राउ परेका छन् ।
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
हेलिकोप्टर दुर्घटना : एकको मृत्यु
हेलिकोप्टर दुर्घटना : एकको मृत्यु सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
गुल्मीमा बढ्दो ‘लम्पी स्किन’
गुल्मीमा बढ्दो ‘लम्पी स्किन’ गुल्मीका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । संक्रमण बढ्दै गएपछि यहाँका किसान त्रसित भएका छन् । रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिमका तुला गिरीको होलस्टाइन जातको लैनो गाईको एक महिना अगाडि खुट्टा सुन्निने र फोका उठ्ने...
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरिदैं
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरिदैं वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६७ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी जयन्ती मनाउन लागिएको हो ।
महाचैत्य विहार तानसेनद्वारा हाजिरी जवाफ
महाचैत्य विहार तानसेनद्वारा हाजिरी जवाफ ज्ञानमाला सभा महाचैत्य विहार तानसेनले सामुदायिक तथा निजी विद्यालयस्तरी हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विहारले बुुद्ध जयन्तीको पूर्व सन्ध्या तथा २६४७ औं जन्म दिवस, २६१२ बुुद्धज्ञान दिवस, २५६७ महा परिनिर्वाणको उपलक्ष्यमा तानसेनमा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा ६ सामुदायिक र १० निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता...
कार्कीले गरे जिर्ण मन्दिरको पूनर्निर्माण
कार्कीले गरे जिर्ण मन्दिरको पूनर्निर्माण पाल्पाको रिब्दीकोट गाउँपालिका– ८ फेकका सामाजिक व्यक्तित्व हरिबहादुर कार्कीले जिर्ण मन्दिरको पुनर्निर्माण गरेका छन् । हाल बुटवललाई कर्म थलो बनाउँदै आएका कार्कीले व्यक्तिगत खर्चमा गाउँमै चण्डीस्थान मन्दिर पुनर्निर्माण गरेका हुन् ।
Weather Update