बगनासकालीको बसाई : २२ महिनामा २२ काम
आइतबार, वैशाख ३१, २०८०
डढेलोका घटना बढ्नु चिन्ताजनक
आइतबार, वैशाख ३१, २०८०
पछिल्लो समय डढेलोका घटना बढ्दै गएका छन् । गर्मी मौसम सुरु भएदेखि डढेलोका घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढेलो लगाउने चलन छ । तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुन्छन् । हजारौं हेक्टरको वन पैदावार जल्छन् । डढेलोले वनमा भएका पशुपन्छी चराचरको पनि मृत्यु हुन्छ ...
नर्स दिवसको सार्थकता
शनिबार, वैशाख ३०, २०८०
विश्व नर्स दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ ।
प्राथमिकतामा परोस् स्वास्थ्य क्षेत्र
शुक्रबार, वैशाख २९, २०८०
सबैभन्दा बढी संवेदशनील क्षेत्र स्वास्थ्य हो । स्वास्थ्यलाई संविधानमा समेत मौलिक अधिकारको रुपमा उल्लेख गरिएको छ । तर सरकारले भने स्वास्थ्य क्षेत्रलाई खासै महत्व दिएको देखिदैन । नागरिकलाई स्वस्थ राख्ने दायित्व सरकार हो ।
आर्थिक विकास र राजनीति
बिहीबार, वैशाख २८, २०८०
कुनै पनि देश विकासको गति मापन गर्न त्यस देशको आर्थिक अवस्थालाई हेर्नुपर्छ । जुन देशको आर्थिक विकास तिव्र रुपमा भएको छ त्यो देशको विकास पनि राम्रै भएको मान्न सकिन्छ । यद्यपी आर्थिक विकास त्यत्तिकै प्राप्त हुँदैन । यसका लागि दृढ इच्छाशक्ति सहितको कठोर कार्यानुशासन चाहिन्छ ।
दोषीमाथि कारवाही होस्
बुधबार, वैशाख २७, २०८०
आइतबारदेखि प्रतिनिधि सभाका दुवै संसदमा भुटानी शरणार्थी प्रकरणको विषयले प्राथमिकता पाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा बहालवाला सचिव र राजनीतिक दलकै नेता र उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि संसदमा सांसदहरुले कारवाहीको माग गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणले उब्जाएका प्रश्न
मंगलबार, वैशाख २६, २०८०
यस पटक बेमौसमी वर्षाद्ले चिसिएको मौसमलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रुपैयाँ ठगी गरेको प्रकरणले तताएको छ । यस प्रकरणमा आरोपित पूर्व गृहमन्त्री टोपबहादुर रायमाझीको नाम अनुसन्धानको क्रममा जोडिनु, उनी एका एक प्रहरीलाई झुक्काएर फरार हुनु, उनका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई भेट्नु र ओलीको सार्वजनिक अभिव्यक्तिका कारण...
विश्व रेडक्रस दिवस र परोपकारका कुरा
मंगलबार, वैशाख २६, २०८०
मे ८ लाई रेडक्रस दिवसको रूपमा हेर्ने गरिएको छ । सोमबार बिश्वभरका रेडक्रसकर्मीहरुले यो दिवस मनाए । ई.सं १८२८ को मे ८ मा रडेक्रसका संस्थापक महामानव हेनरी ड्यूनाको जन्म भएको थियो । विश्व मानव समुदाय र खास गरी रेडक्रसकर्मीहरुका निम्ति यो दिन महत्वपूर्ण पर्व र दिवसका रुपमा रहेकाले नेपालका रेडक्रसकर्मीहरुले...
सबैमा न्यायको सहज पहुँच पुग्न सकोस्
मंगलबार, वैशाख २६, २०८०
आज कानुन दिवस हो । नेपालको न्यायिक इतिहासलाई सम्झने क्रममा यस दिनलाई एउटा ऐतिहासिक र विशेष महत्वको रुपमा हेरिन्छ । राणा शासनकालमा राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारको प्रयोग एकै निकायबाट हुँदै आएको थियो ।
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र
सोमबार, वैशाख २५, २०८०
नेपाल २६० २२० देखि ३०० २७० उत्तरी आक्षाश र ८०० ४० देखि ८८० १२० पूर्वी देशान्तरको भौगोलिक अवस्थितिमा रहेको छ । यसले विश्वको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत क्षेत्रफल समेटेको सानो भौगोलिक विविधता भएको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था भएको भुपरिवेष्ठित दक्षिण एसियाली मुलुक हो ।
विश्व रेडक्रस दिवसको सन्दर्भ
सोमबार, वैशाख २५, २०८०
आज मे ८ तारिक अर्थात् विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।
बजेट अधिवेशनले सार्थकता पाओस्
आइतबार, वैशाख २४, २०८०
संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । यस अघि मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आजलाई आह्वान गरेका थिए । अधिवेशनमा आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । तर...
शरणार्थी प्रकरण : अनुसन्धान प्रभावकारी होस्
शनिबार, वैशाख २३, २०८०
नक्कली शरणार्थी प्रकरणको विषयले यतिबेला मुलुक तातेको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा हाइ प्रोफाइलका व्यक्तिहरु पक्राउ परेपछि त्यो सर्वत्र चासोको विषय बनेको हो । सो प्रकरणमा पूर्वउपप्रधानमन्त्रीदेखि सांसद, मन्त्रीका सल्लाहकार, बहालवाला सचिव पक्राउ परेपछि तरंग उत्पन्न भएको छ ।