सर्वोच्चको फैसला स्वागतयोग्य
बिहीबार, फागुन १३, २०७७

खोप लगाऊ, सुरक्षित बनौं
मंगलबार, फागुन ११, २०७७
नेपालमा कोरोना विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । भारत सरकारले अनुदानमा दिएको १० लाख खोप महामारीको अग्रभागमा रहेर काम गर्नेहरुलाई लगाईएको छ । यो अनुदानको खोपले सबै नागरिकलाई पुग्ने अवस्था पनि छैन ।

निर्वाचन आयोगको असक्षमता
सोमबार, फागुन १०, २०७७
सरकारले तोकेको निर्वाचनको मिति नजिकिदै छ । अब करिव ६८ दिनमात्र बाँकी छ । यो समयमा निर्वाचन आयोगले अझै पनि तयारीलाई तिव्र बनाउन सकेको छैन । दल दर्ताको कार्यतालिका अझै पनि तय हुन सकेको छैन । दल दर्ता, उम्मेद्वारको मनोनयन, प्रचार–प्रसार, मतपत्र छपाई तथा निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रियामा...

खोप खरिदमा पारदर्शिता अपनाऊ
आइतबार, फागुन ९, २०७७
नेपालमा भारतबाट प्राप्त भएको अनुदान स्वरुपको खोप लगाइदै आइएको छ । नेपाल सरकारले प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन गरिहेको छ । भारत सरकारले १० लाख खोप उपलब्ध गराएको थियो । यो खोप कोभिडका बेला अग्रपंतिमा रहेर काम गर्ने व्यक्तिहरुलाई मात्र भएको छ । अन्य नागरिकलाई भने सरकारले खोप खरिद गर्ने...

प्रहरीको प्रशंसनीय काम
शनिबार, फागुन ८, २०७७
नेपालका पछिल्ला केही घटना क्रमहरुबाट प्रहरी संगठनले आलोचना खेपिरहेका बेला बैतडी घटनाको अनुसन्धानबाट भने प्रशंसा कमाएको छ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पक्राउ गर्ने क्रममा प्रहरीले देखाएको सक्रियताकै कारण अपराधी पक्राउ हुन सफल भएको छ ।

प्रजातन्त्र दिवसको सार्थकता
शुक्रबार, फागुन ७, २०७७
हरेक वर्षको फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । आज पनि यो दिवस देशभर मनाइदै छ । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा, उनीहरूको सपनाका साथै समग्रमा सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्, प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् ।...

नेताहरु : इमान्दारिताको खाँचो
बुधबार, फागुन ५, २०७७
नेपाली राजनैतिक भूधरातलमा राजनैतिक अराजकताका सिखण्डीहरुको प्रार्दुभाव बढेको महशुस गरिएको छ । रुप, रस लक्षण र योग्यताका आधारभूत मूल्य र मान्यताका भावहरुले नैराश्यताको भूमरीबाट चिहाइरहदा पनि आततायीहरुले नेपाली राजनीतिको फाँटलाई मरुभूमि जस्तै गरेर अपाङ्ग नै बनाउने हुन् कि भन्ने चिन्ता र चासो बढेको छ ।

सरस्वती जयन्ति श्री पञ्चमी
मंगलबार, फागुन ४, २०७७
प्रत्येक वर्षको माघ शुक्ल पञ्चमी तिथिलाई सरस्वती जयन्ति, श्री पञ्चमी, बसन्त पंचमी सबै नामले सम्बोधन गरिन्छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । आज विहानदेखि नै स्कूले विद्याार्र्थीहरु नजिकैका सरस्वती मन्दिरमा माता सरस्वतीको पूजा आराधना गर्न पुग्दछन् । सरस्वतीको मन्दिर तथा घर–घर विद्यालयहरुमा धूमधामका साथ सरस्वतीको पूजा...

सरस्वती पूजाको शुभकामना
मंगलबार, फागुन ४, २०७७
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरिदै छ । विशेष गरेर विद्यालयमा विद्यार्थीले सरस्वती पूजा धुमधामसँग मनाउने गर्छन् । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा मनाउने चलन छ ।

पत्रकारलाई खोप
सोमबार, फागुन ३, २०७७
भारतबाट अनुदान स्वरुप आएको कोरोना भाइरसविरुद्धको खोप नेपाल सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गर्नुभन्दा अगाडि नै समूह विभिजन गरेको थियो ।

प्रणय दिवसको महत्व
आइतबार, फागुन २, २०७७
प्रणय दिवस वा प्रेम दिवस हरेक वर्षको १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि
शनिबार, फागुन १, २०७७
नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढेर आएको हुँदा निगमले मूल्य वृद्धि गरेको जनाएको छ । तर अन्तर्राष्ट्रिय रुपमा मूल्य घट्दासमेत नघट्ने परम्परालाई दृष्टिगत गर्दा हाल बढाइएको मूल्य वृद्धि अस्वभाविक रहेको ठहर छ । निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर...