Shittalpati
पाल्पामा कोरोना कहर  :
pancha kanya steel

हाम्रा संवाददाता
पाल्पा, लुम्बिनी मेडिकल कलेजले ज्वरोका विरामी जाँच नगरेको भन्ने गुनासो आए पछि स्थानीय प्रशासन, जिल्लाका माननीय तथा सरोकार बालाको संयुक्त पहलमा शुक्रबार बिहान बैठक भएको छ । बैठकमा एलएमसीले थप गरेका आइसोलेशन वेडको निरीक्षण समेत गरिएको अस्पताल स्रोतको दावा छ । अस्पताल प्रशासनका अनुसार, माथागढीबाट ज्वरोका कारण विरामी परेका एकाघरका बाबु छोरा दुवैलाई आज शुक्रबार दिउसो अस्पताल झिकाएर पुनःजाँच गर्दा ज्वरो कम हुदै गएको बताइएको छ ।
हाम्रा संवाददाताका अनुसार प्रभासको एलएमसीले, ज्वराले ग्रस्त भए पछि अस्पताल आएका बिरामीलाई जाँच गर्न आनाकानी गरेको भन्ने गुनासाका विषयमा समेत छलफल भएको हो । गुनासोका सम्बन्धमा लुम्बिनी मेडिकल कलेज प्रभासका अध्यक्ष गोपालबहादुर पोखरेलसंग सम्पर्क दर्ता, विरामी आए पछि चेकजाँच गरेर पठाईएको छ, हल्का ज्वरो आएका विरामीलाई परामर्श र आवश्यक औषधी दिएका छौं, भर्नै गर्नुपर्ने खालका सिकिस्त नभएका कारण भर्ना नगरिएको जानकारी दिए । शक्रबार विहानको बैठक र प्राप्त गुनासाका सम्बन्धमा पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी संग बुझ्दा, सामाजिक सन्जालमा आएका कतिपय नकारात्मक कुरामा लाग्ने भन्दा पनि वर्तमान समयमा देखिएको महामारीबाट बच्न वढी भन्दा बढी सावधानी कसरी अवलम्वन गर्न सकिन्छ भन्ने बिषय महत्वपूर्ण भएको बताए । प्रजिअ सुवेदीले भने, हामी गुनासो पनि सुन्छौं, समस्या पनि समाधान गर्छौ, यो बेलामा सबैको सहयोग र सकारात्मक सोंचको आवश्यकता छ । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल संग सम्पर्क गर्दा, ‘ज्वरो मात्रै आएका बिरामीलाई अस्पतालले भर्ना गर्न आवश्यकता नभएको भनेर फर्काई दिने र गाउँ टोलका आफन्त र स्थानीयले उनीहरुलाई कोरोना भएको आशंकामा हेला गर्ने गरेका कारण पनि यस्ता समस्या आएको बताए ।’
मानव अधिकारवादी पनि चिन्तित ः
राष्ट्रियमानव अधिकार सरोकार केन्द्र पाल्पाले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरेर माथागढी गाउँपालिकाका २४ वर्षका युवा र अन्य ज्वरोका विरामीलाई लुम्बिनी मेडिकल कलेजले जाँच नगरी फिर्ता पठाएको भन्ने खबर प्रति गम्भीरध्यानाकर्षण भएको जनाएको छ । सरोकार केन्द्र पाल्पाका अध्यक्ष दिवाकर पाण्डेले स्वास्थ्य सेवी संस्थाहरुले त्यसो नगर्न आग्रह समेत गरेका छन् ।
तानसेन स्थित मिशन अस्पतालमा बिहीबार दिउसो पोखराथोक पाल्पाकी ढाई वर्षकी बालिका र फेकका २४ वर्षका युवालाई निमोनियाको ज्वरो आए पछि उपचारका लागि ल्याइएको थियो । उनीहरु दुवै जना उपचार पछि पछि फर्किएका छन् । कोरोनाको महामारी संगै देशका विभिन्न स्थानका मेडिकल कलेज र स्वास्थ्य सेवी संस्थाहरु र चिकित्सकले ज्वरो र रुघाँ खोकीका विरामीलाई उचित परामर्श र जाँच नगरेका कारया यस्ता समस्याहरु आएका हुन ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update