नेपालीलाई मृत्युदण्ड

काठमाडौं, साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्यु दण्ड दिइएको हो । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमै जमिनमा गाडिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।
दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । उनले १५ वर्षदेखि मृत्युदण्डको सजाय पाएका थिए । साउदीका लागि नेपाली राजदूतले भने आफुलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताएको छ । दाहाललाई माफी दिएर स्वदेश पठाउनको लागि नेपालले पटक –पटक पहल गर्दै आइरहेको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्