Shittalpati
लडेर एक वृद्धको मृत्यु

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका –५ मा लडेर एकजना वृद्धको मृत्यु भएको छ । सोही वडाको तमासगीरीका ६८ वर्षीय मानबहादुर सिंजालीको लडेर मृत्यु भएको हो ।

मंगलबार साँझ गेझाबाट आफ्नो घर तमासगीरीतर्फ पैदल जाँदै गर्दा घर नजिकैको कामुखोलास्थित गोरेटो बाटोदेखि करिव ३/४ मिटर तल खस्न गई उनी घाइते भएका थिए । स्थानीयले लडेर अचेत अवस्थामा रहेको देखेपछि उनलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याएका थिए । अस्पताल पु¥याइएका सिंजालीलाई चेकजाँच पश्चात डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update