Shittalpati
घाँसको विउ विक्रीबाटै मनग्य आम्दानी गर्दै पाल्पा रामपुरका कृषक

प्रकाश नेपाल
पाल्पा, रामपुर नगरपालिका ६ की भगवती देवकोटालाई व्यवसायिक घाँस खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ, भन्दा सपना जस्तै लाग्थ्यो । तर हल्लै हल्लामा घाँसको विउ छरेकी देवकोटाले वार्षिक रुपमा ३ लाख रुपैया विउ विक्रीबाट हातपर्दा सपना नभएर विपना जस्तै भएको बताउछिन् ।
व्यवसायिक रुपमा पशुपालन, कुखुरा पालन तरकारी खेतीबाट आम्दानी गर्ने माध्यम भन्ने सुनेकी भगवती भण्डारीलाई पनि परम्परागत रुपमा मकै खेती गर्ने खेतमा सहकारीले उन्नत जातको जै घाँस लगाउन भन्दा पत्यारै लागेको थिएन । जब विउ विक्रीबाट दुई लाख हात प¥यो खुसीको कुनै सिमा नरहेको भण्डारीले आफ्नो अनुभव बताइन् ।
रामपुर नगरपालिकामा व्यवसायिक पशुपालनको सुरुवातसँग संगै पशुलाई आवश्यक पोषण युक्त घाँसको व्यवसायिक खेतीको थालनी भएपछि रामपुरका एक सय भन्दा बढी कृषकहरुका लागि जै घाँस यतिखेर प्रमुख नगदेवाली रुपमा स्थापित हुन पुगेको हो । एक दशक अगाडि तत्कालीन जिल्ला पशु सेवा कार्यलयले सिता कुण्ड दुग्ध उत्पादक सहकारीमार्फत कृषकहरुलाई उन्नत जातको विउ वितरण र उत्पादित विउको बजारीकरणका लागि सहकारीले व्यवस्थापन गरेपछि कृषकहरुलाई उर्जा प्राप्त भएको कृषकहरुले बताउछन् । खेतमा धान स्याहर्ना साथ घाँसको विउ लगाउने, तीन महिनामा तयार हुने घाँसबाट कृषकहरुले दोहोरो फाइदा लिएका छन् । खाली खेतमा लगायो आफ्ना वस्तुभाउलाई खुवायो बाँकी रहेको विउ दानालाई प्रतिकेजी ६० रुपैयामा विक्री गर्न सकिने भएकाले घाँस खेती कृषकहरुका लागि बरदानै सावित भएको कृषक राम प्रसाद देवकोटा बताउछन् ।


कृषक देवकोटा भन्दछन् ‘विउ मात्र तीन लाख असी हजार रुपैया बराबरको विक्री गर्न सफल भएको छु ।’ कृषकहरुले ३ देखि १८ रोपनी क्षेत्रफलमा लगाउदै आएका छन् । धान भित्र्याएपछि गहु, मकै, आलु लगायतका अन्य वाली लगाउने जमिनमा घाँस लगाउन भन्नका लागि पापड पेल्नु परेको जिल्लाकै अगुवा पशु पालक कृषक तथा शहकारीका अध्यक्ष कृष्ण प्रसाद अर्याल बताउँछन् ।
कृषकले उत्पादन गरेको विउ खरीद गर्ने घोषणा ग¥यो । बजारीकरणका लागि जिल्ला पशु सेवा कार्यालयसंग समन्वय गरौं बजार खोज्यौ बजार चितवन कास्की, रुपन्देही जिल्ला भेट्यौ हालसम्म तीनै जिल्लाहरुमा वार्षीक रुपमा ३० लाख देखि ४० लाख रुपैयाको विउ विक्री गर्दै आएको अर्याल बताउछन् । हावापानी भौगोलिक बनोट सबै आधारबाट उपयोगी भएकाले कृषकहरुका लागि यो अत्यन्त राम्रो अवसर भएको रामपुरका कृषि कार्यालयका प्रमुख ज्ञानहरी पाण्डे बताउँछन् ।  विगतका तुलनामा यस वर्षको मौसम राम्रो भएकाले विउको उत्पादन समेत राम्रो हुने र ५० लाख रुपैयाँ सम्मको शहकारीले विक्री गर्ने योजना रहेको अध्यक्ष अर्याल बताउछन् ।


जै घाँस कृषकहरुले अन्य स्थानमा लगाउदै आएपनि व्यवसायिक रुपमा रामपुर क्षेत्रमा विउ उत्पादन गर्ने उद्देश्यले समेत लगाइएको र त्यसको प्रवद्र्धनका लागि नेपाल सरकारको सहयोग निरन्तर रुपमा रामपुर क्षेत्रमा भइरहेको पशु चिकित्सक डक्टर चन्द्र राना बताउँछन् ।
पशुलाई आवश्यक पर्ने सबै पोषक तत्व यस किसिमको घाँसमा पाइने भएकाले पछिल्लो समयमा यस खेतीतर्फ तराईका कुृषकहरुको आकर्षण बढ्दै जादा पाल्पा विउ उत्पादनको प्रमुख केन्द्र भएको चिकित्सक राना बताउछन् ।

 

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update