Shittalpati
बैजुको सहयोगमा प्रहरीद्वारा शैक्षिक सामग्री वितरण

पाल्पा । सामुदायिक सेवा केन्द्र पाल्पाका उपाध्यक्ष तथा युवा व्यवसायी भुगोल बैजुको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा जिल्लाको तानसेन नगरपालिका १३ छेर्लुङ्गको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । प्रहरीले छेर्लुमा रहेको राधाकृष्ण प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले स्थापना गरेको शैक्षिक सामग्री बैंकमा युवा व्यवसायी तथा केन्द्रका उपाध्यक्ष बैजुले प्रदान गरेको शैक्षिक सामग्रीहरु विद्यालयमा अध्ययनरत विपन्न, जेहन्दार तथा गरिब विद्यार्थीलाई प्रहरीले विद्यालयमै पुगेर वितरण गरेको थियो । प्रहरीले विद्यालयमा अध्ययनरत ईसिओदेखि कक्षा ३ सम्मका ५१ जना विद्यार्थीहरुलाई कापी, कलम, कटर, इरेजर र पेन्सिल वितरण गरेको हो । प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगमा जिल्लाका विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र जिसीले बताए ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update