Shittalpati
शैक्षिक व्यक्तित्व उपाध्यायको सम्झनामा स्मृति सभा

पाल्पा, शैक्षिक र सामाजिक व्यक्तित्व लक्ष्मीदेवी उपाध्याय (खनाल) को सम्झनामा स्मृति सभा आयोजना गरिएको छ । शिवालय टोल विकास संस्था तानसेनको आयोजनामा सोमबार स्मृति सभा आयोजना गरिएको हो ।

सभामा पद्य पव्लिक नमूना माविको पूर्व प्राचार्य समेत रहेकी उपाध्यायले जिल्लाको शैक्षिक ,सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको छ । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उपाध्यायको निधनबाट जिल्लाको शैक्षिक र सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए । उनले उपाध्यायले सामाजमा छोडेको योगदानको सबैले अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरे । उप–प्रमुख लक्ष्मीदेवी पाठकले नगरको शैक्षिक क्षेत्रमा उपाध्यायको योगदान महत्वपूर्ण रहेको बताईन् । वडा अध्यक्ष महेशलाल शाक्यले वडाका हरेक क्रियाकलापमा उपाध्यायले देखाउने गरेको सक्रियता अन्य व्यक्तिहरुले पनि अनुसरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्तले उपाध्यायको योगदानका विषयमा जानकारी गराएकी थिइन । उनले आफ्नो सहकर्मी गुमाउँदा अत्यन्त पिडाबोध भएको बताइन् । पाल्पामा ४४ वर्ष शिक्षण पेशामा रहेकी उपाध्यायले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएको पन्तले बताइन् । उनले भनिन् ‘शैक्षिक नक्षेत्रको रुपमा रहेकी स्व. उपाध्याय सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेकी थिइन् ।’ उनले उपाध्यायसँग पद्य पव्लिक नमूना माविमा लामो समय संगै शिक्षण गरेको स्मरण गर्दै सरल, इमान्दार र बहुप्रतिभाकी खानीको रुपमा उपाध्याय रहेको बताईन् । स्व.उपाध्यायका श्रीमान लक्ष्मण खनालले श्रीमति गुमाउनुको पिडा भए पनि समाजमा श्रीमतिले पुर्‍याएको योगदान स्मरणयोग्य रहेको बताए । उपाध्यायको २०७७ चैत २८ गते उपचारका क्रममा निधन भएको थियो । तत्कालिन समयमा कोरोनाका कारण शोक सभा आयोजना गर्न नसकिएको र अहिले केही सहज भएपछि स्मृति सभा आयोजना गरिएको टोलविकास संस्थाले जनाएको छ । कार्यक्रम संस्थाकी अध्यक्ष जानकी बस्यालको अध्यक्ष, सचिव शिव सिंजालीको सञ्चालनमा कार्यक्रम भएको थियो । यसै बिच पद्यम पव्लिक नमूना माध्यमिक विद्यालयले पनि उपाध्यायको सम्झनामा स्मृति सभा मनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update