Shittalpati
काँग्रेस लुम्बिनी प्रदेशमा पुन

रुपन्देही, नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट उनले ८ सय ६७ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७ सय ६७ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए । उनका अनुसार निर्वाचमा एक हजार ६ सय ३१ मत खसेको थियो । नवनिर्वाचित पुन रोल्पाका काँग्रेस नेता हुन् भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति हुन् । यसैगरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सह–महामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी विजयी भएका छन् । –रासस

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update