काठमाडौं (एजेन्सी), नेपालको लागि सुजुकी फोर ह्वीलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आजदेखि विन्टर फ्रि सर्भिस क्याम्प सुरु गरेको छ । सीजी मोटोकर्पले विन्टर फ्रि सर्भिस क्याम्प आजदेखि २५ गते (शुक्रबार) सम्म गर्नेछ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउन सकिने छ ।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधा पाउन सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत छुट मिल्ने पनि कम्पनीले बताएको छ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस, इन्जिन आयल, एसोसरिज र ह्वील एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने छन् । सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।