Shittalpati
नेपालमा आर्थिक विकासका आधारहरु

गत आठ महिनामा २६ अर्ब ३० करोड बराबरको मोवाईल आयात । नेपालको आर्थिक वृद्धि ऋणात्मक । नेपालको व्यापार घाटा कहालिलाग्दो । आयात व्यापारमा भारतीय समानको अशं अत्याधिक । नेपालको अर्थव्यवस्थामा रेमिटान्सको भूमिका उच्च । यी केहि प्रतिनिधि आर्थिक विषयका समाचारहरु हामी बारम्बार सुनिरहेका छौं/पढी रहेका छौ । यति धेरै स्रोत साधनले सम्पन्न, प्रसस्त सम्भावना बोकेको नेपालको अर्थव्यवस्था हिजो र आज यही गतिमा अगाडि बढी रहेको पाईन्छ । यस्तै अवस्था रहे भोलि पनि यहि गतिमा अगाडि नबढ्ला भन्न सकिदैन । यी नै विषय वस्तुमा केन्द्रीत रहेर नेपालको अर्थतन्त्रलाई सुधार गर्न सकिने केहि आधारहरुको चर्चा परिचर्चा यस लेखमा गर्न खोजिएको छ ।
वर्तमान समयमा हरेक घटनालाई आर्थिक विषयसँग जोडेर हेर्ने गरिन्छ । विकसित विकाशील र विकासोन्मूख देशका कुराहरु गरिन्छ । पछिल्लो समय नेपाललाई पनि विकासील देशमा लैजान सिफारिस गरिएको सुनिन्छ । जनताको जीवनस्तर र दैनिक जीवनमा खासै परिवर्तन नदेखिएका यस्ता घोषणाले राजनिति वृत्तमा छुट्टै अर्थ त राख्ला तर वास्तवमा यस्ता घोषणा कागज वा सिद्धान्तमा मात्र सिमित नरहलान भन्न सकिदैन ।
विकसीत देशको हामी बारम्बार चर्चा गछौं । अमेरीका, बेलायत, जापान लगायतका देशको आर्थिक विकासको गफ चुट्छौ । उदाहरण दिनु प¥यो भने जानी नजानी तिनै देशका दिन अगाडि सर्छौ । ति देश कसरी त्यस अवस्थामा पुगे त्सस विषयमा हामी सूचना प्राप्त गर्न नै चाहदैनौं । व्यवहारमा भने दुध, ध्यू बेचेर हर्लिस र भिटामिनका बोत्ल किन्नमा अग्रसर हुन्छौं । देशको आर्थिक विकासमा नागरिकको भूमिका माथि बेखवर हुन्छौ । कुनै पनि देशको विकासमा त्यस देशका नागरिकको महत्वपूर्ण भूमिका हुने गर्दछ । सरकारले के गर्‍यो ? बारम्बार यहि प्रश्न गर्छौ । हाम्रो कर्तव्य ,दायित्व र लगनशिलता के ? यसको उत्तर के सुन्न र खोज्न पनि चाहदैनौ ।

देशको आर्थिक विकासको महत्वपूर्ण आधारमा त्यस देशका नागरिक र राज्य सञ्चालन गर्ने प्रतिनिधिहरुको उल्लेख्य भूमिका हुने गर्दछ । नागरिक र राजनितिकर्मी दुवैको सयुक्त पहलमा सुशासनको व्यवहारिक कार्यन्वयन नेपाल आर्थिक विकासको महत्वपूर्ण आधार हो । नेपाल भूपरिवेष्ठित राष्ट्र हो । चीन तर्फको व्यापारिक नाकाहरु भौगोलिक दृष्टिकोणले सहज मानिदैन । भारत तर्फका नाकाहरु आर्थिक र व्यापारीक दृष्टिकोणले महत्व भएकाले यो नाकालाई व्यवस्थित गर्नु जरुरी देखिन्छ । भारतीय पक्षले बेला बेलामा विभिन्न कारण देखाउदै नेपाली सामानको निर्यातमा भन्सारमा अवरोध गर्दै आएको देखिन्छ । नेपाल भारत सिमानामा देखिने विभिन्न किसिमका अवरोध कै कारण पनि नेपालमा वैदेशिक लगानी आकर्षित हुन सकेको देखिदैन । आर्थिक विकासको आधार मानिने वैदेशिक व्यापारमा सिमा नाकामा देखिने यस्ता अवरोध दिर्घकालिनरुप मानै हटी भन्सार व्यवस्थित हुनु जरुरी देखिन्छ। नेपालले व्यापकरुपमा द्धितीय र बहुपक्षीय बैदेशिक ऋण लिएको पाईन्छ । शर्त र कार्य तोकेर दिने यस्ता ऋण तथा अनुदानले हाम्रो उत्पादकत्व क्षमतामा ह्रास ल्याई परनिर्भतामा बाच्ने आदत बनाई रहेको पाईन्छ । हचुवाका भरमा विना उद्देश्य लिइने यस्ता ऋणले हाम्रो आर्थिक विकासमा बाधा नै खडा गरेको छ भन्दा दुईमत नहोला । उपयुक्त त व्यवहारी वैदेशिक सहायता निति बनाई वैदेशिक ऋण तथा अनुदान कहिलेसम्म लिने, कुन उद्देश्यका लागि लिने र कुन क्षेत्रका लागि लिने सो कुराको नितिगत व्यवस्था नै गरी कार्यान्वयनको चरणमा नै लानु गर्न जरुरी देखिन्छ । यो पक्षमा सुधार गर्न सकिएमा नेपालको आर्थिक विकासको आधार तय हुन सक्दछ ।आर्थिक विकासको प्रसस्त सम्भावना बोकेका हाम्रा अथहा स्रोत र साधनको परिचालनको कुनै प्रभावकारी र उपयुक्त योजना बन्न नसक्नु मृगले आफ्नो सुगन्ध पत्ता लगाउन नसकेर भौतारीय जस्तै हामी कसले सहयोग गर्ला र विकासको भाषण गरौला भनि भौतारी रहेका छौ । हामीले हाम्रो ४२ हजार विद्युत उत्पादन क्षमताको प्रयोग गरी ध्जष्तभ मयििभच कमाउन , ६ हजार नदीनालाबाट सिंचाइको व्यवस्था गरी कुषिको आयातलाई रोकी निर्यात उन्मूख हुन,हाम्रा खनिज सम्पदाहरुको उत्खन्न र वन सम्पदाको अधिकतम परिचालनको योजना बनाउनु जरुरी देखिन्छ । यस पक्षलाई हेरेर हामीले योजना बनाउनु नेपालको आर्थिक विकासको आधार वन्ने देखिन्छ । आर्थिक विकासको अर्को महत्वपूर्ण पक्ष शिक्षा र कृषिलाई मानिन्छ । नेपालको शिक्षा नितिमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ । हामीले जस्तो शिक्षा प्रणाली अपनाउछौ त्यस्तै खालको दिशा निर्धारण हुने भएकाले हामीले हाम्रो शिक्षा प्रणालीलाई रोजगार मूलक, प्राविधिक, समय र देशको परिवेश सुहाउँदो परिवेशमा स्थानान्तरण गर्न जरुरी देखिन्छ ।

अर्को तर्फ न्म्ए मा उल्लेख्य योगदान दिने, औषतमा ६६ प्रतिशत जनता प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न भएको कृषि क्षेत्रको आधुनिकिकरण र समय सुहाउँदो बनाउन सकिएमा नेपालको आर्थिक विकासको राम्रो र स्थायी आधार बन्ने देखिन्छ । अहिले हामी बैदेशीक मुद्रा आर्जन गर्ने प्रमुख स्रोतको रुपमा रेमिटान्सलाई बनाई रहेका छौ । यो विदेशी मुद्रा आर्जन गर्ने आर्थिक दृष्टिकोणले स्थायी स्रोत मान्न सकिदैन । यसको बदलामा बैदेशीक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत व्यापारलाई नै मान्ने गरिन्छ । नेपालको अहिलेको वैदेशिक व्यापारको अवस्था कहालीलाग्दो छ । आर्थिक विकासलाई माथी उक्कासन यसतर्फ सुधारका कदम चाल्नु जरुरी देखिन्छ । सरकारले सरल र सहज औद्योगिकरण निति ल्याई आन्तरिक र बाह्य लगानी भित्र्याउनुको साथै उत्पादन अत्याधिक बढाई आयात प्रतिस्थापन्न गर्नु जरुरी देखिन्छ । डम्पिङको रुपमा अत्याधिक रुपमा भित्रिएको आयातलाई नियन्त्रण गर्ने उपयुक्त निति बनाई जे पनि आयात गर्ने प्रवृत्तीको अन्त्य गर्न आवश्यक अनुगमन र नियन्त्रण कार्य अगाडि बढाउन सकिएमा यो पनि आर्थिक विकासको आधार बन्ने देखिन्छ । नेपालको स्थायी सरकार मानिने कर्मचारीतन्त्रबाट हुने कागजी प्रक्रिया,अनावश्यक फजुल खर्च,दैनिक कार्य प्रवाहमा हुने ठिलासुस्ती र कार्यप्रणलीमा आमूल परिर्वतन गर्न जरुरी देखिन्छ । यस निकायलाई समय अनुसार परिचालन गर्न, अनावश्यक कागजी प्रक्रियाबाट मुक्त गर्नु, समयअनुकुलको नितिगत व्यवस्था गर्न तथा अनावश्यक राजनितिक दवाबबाट मुक्त गरी विभिन्न उत्प्रेरणाका कार्यक्रम ल्याउन सकिएमा आर्थिक विकासको आधार तय हुने प्रसस्त सम्भावना देखिन्छ । यसका साथै नेपालको बजेटको ठूलो अशं औपचारीक कार्यक्रम, अनुगमन ,तालिम,गोष्ठी तथा घोषणा कार्यक्रममा खर्च भएको देखिन्छ । यस्ता कार्यक्रम गरिने खर्चलाई आवश्यकता र औचित्यका आधारमा खर्च गर्न सक्ने हो भने यस्तो फजुल खर्चको रकमलाई पूजी निमार्णका क्षेत्रमा लगाई आर्थिक विकासको आधार तय गर्न सकिन्छ । नेपालको राज्य सत्ता सञ्चालनको जिम्मेवारी पाएका राजनितिक दलको काम कारवाही र निर्णय गर्दा आफ्नो राजनितिक दल भन्दा माथी राष्ट्रलाई राख्ने प्रवृत्तिमा परिवर्तन गर्न सकिएमा यो पनि सबैभन्दा उत्तम आर्थिक विकासको आधार हुने देखिन्छ । यसका लागि कर्मचारीलाई अनावश्यक ऐन नियम भन्दा वाहिर काम गर्न दवाब दिने , नितिगत भष्ट्राचारलाई प्रोत्साहन गर्ने,अनावश्यक रकम रकमान्तर गर्ने, राज्यका विभिन्न निकायमा अयोग्य र असक्षम कार्यकर्तालाई नियुक्ति दिने कार्य रोकी विधिको शासन स्थापित गर्न सहयोग गर्नुपर्ने देखिन्छ । हामीसँग पूजीको अभाव छ ।

हामीले ठूलो लगानी गरेर आजको भोली औद्योगिकरणको माध्यमद्वारा अर्थतन्त्रमा आमूल परिवर्तन गर्न सक्दैनौ । प्रसस्त मात्रामा रहेको स्रोत र साधनको पनि पूजीकै अभावका कारण परिचालन गर्न सक्दैनौ । तत्काल अर्थतन्त्रलाई उकास्ने एउटा महत्वपूर्ण माध्यम पर्यटन उद्योगको विस्तार नै हो । यस क्षेत्रको विस्तारको लागि आवश्यक कार्यक्रम बनाई विदेशी पर्यटक भित्र्याउने र नेपालको बसाई अवधि लम्ब्याउन सकिएमा नेपालको आर्थिक विकासको गतिलो आधार तय हुने देखिन्छ । अनेकौं आर्थिक विकासका सम्भावनालाई अगाल्दै खर्च गर्ने क्षमतालाई बढाउदै, आवश्यकता र त्यहाँको जनसंख्याको स्थिति अनुसार बजेट बाँडफाँड गरांै । कार्यकर्तालाई खुशी पार्न होइन औचित्य र आवश्यकताको आधारमा योजना निमार्ण गरौं । कनिका छराईको आधारमा होइन कम्तीमा योजना सम्पन्न हुने गरी बजेट छुट्टयाउने बानी बसालांै । बजेट छुट्टयाउने मात्र होइन निरन्तर अनुगमन, मूल्याकंन, कमिकमजोरीलाई आगामी बजेटमा सुधार गर्ने व्यवस्था गरौं । कर्मकाण्डी होइन माटो र परिवेश सुहाउँदो निति तथा कार्यक्रम बनाउँ । अनावश्यक फजुल खर्चको नियन्त्रण गर्दै सुशासनको अभ्यास राज्यका हरेक क्षेत्रमा गर्ने र सम्पूर्ण पक्षहरु आजकै दिन देखि आ–आफनो ठाउँबाट लाग्ने हो भने सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको नाराले व्यवहारीक रुप लिन सक्थ्यो
की ? ‘अनेकौं आर्थिक विकासका सम्भावनालाई अगाल्दै खर्च गर्ने क्षमतालाई बढाउदै, आवश्यकता र त्यहाँको जनसंख्याको स्थिति अनुसार बजेट बाँडफाँड गरांै । कार्यकर्तालाई खुशी पार्न होइन औचित्य र आवश्यकताको आधारमा योजना निमार्ण गरौं ।’
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन ।)

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update